२ बन्द उद्योग पुन संचालनको लागि प्रक्रिया सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 14, 2016 | 02:37:16 PM मा प्रकाशित

laxmi  sunrise bank

लामो समय देखि घाटामा गएर  पछि वन्द गरिएको नेपाल औषधि लिमिटेडलाई पुन सञ्चालनमा ल्याउने प्रक्रिया सुरु भएको छ । नविन्द्रराज जोशीले उद्योग मन्त्रालय सम्हालेसंगै सरकारी उद्योग सञ्चालन गर्ने योजना अगाडि सारेका थिए । उक्त योजनाकै परिक्षणको रुपमा उद्योग मन्त्रालयले औषधि कम्पनि सञ्चालनका लागि अर्थ मन्त्रालयसंग सहमति मागेको छ । मन्त्रालयका सुचना अधिकृत दिनेश कुमार घिमीरेका अनुसार अर्थबाट सहमति आए संगै उक्त उद्योग पुन सञ्चालनको प्रक्रिया सुरु हुनेछ । 

यस्तै नेपाली सेनाले सञ्चालनका  लागि रुचि राखेको हेटौडा कपडा उद्योग  पुन सञ्चालनका लागि निजिकरण समितिबाट सञ्चालनको लागि खुल्ला कोटेसन आव्हान गरिने पनि सहसचिव घिमिरेले जनाएका छन्। उक्त कोटेसनमा नेपाली सेनालेसमेत प्रस्ताव गर्न पाउने छन् । हाल बन्द रहेका उद्योग सञ्चालनमा ल्याउने मन्त्री जोशीको योजना अनुसार अन्य उद्योगहरु भने डा. पुष्कर वज्राचार्य समितीको प्रतिवेदन पछि मात्रै निर्णय गरिने घिमिरेले जानकारी दिएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved