इन्जिन फेल हुँदा काष्ठमण्डपको जहाज दुर्घटना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 18, 2016 | 06:39:34 PM मा प्रकाशित

laxmi  sunrise bank

आकस्मिक अवतरणका लागी उपयुक्त ठाउँ नहुँदा काष्ठमण्डप एयरको जहाज दुर्घटनामा परेको निष्कर्ष सार्वजनिक गरिएको छ। जहाज दुर्घटनापछि सरकारले गठन गरेको ‘दुर्घटना छानविन आयोग’ को प्रतिबेदनमा यस्तो बताइएको हो। 

सरकारले गठन गरेको दुर्घटना छानविन आयोग’ ले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीलाई प्रतिवेदन बुझाएको हो। सो प्रतिवेदन अनुसार दुर्घटना भएको जहाजको इन्जिनले काम गर्न छाडेको ५ मिनेटसम्म पनि जहाजलाई सुरक्षित अवतरण गराउन पाइलटले प्रयास गरेको जनाइएको छ। 

नेपाली सेनाका पाइलट महासेनानी सुवर्ण विष्ट, गोमा एयरका प्रशिक्षक एरोनटीकल इन्जिनियर रमेशकुमार सिंह सदस्य रहेको चार सदस्यीय समितिले दुर्घटनाका सहायक कारणमा एयर काष्ठमण्डपकै लापरबाही, भद्रगोल व्यवस्थापन, आर्थिक अभाव, नियमकारी निकाय नागरिक उड्डयन प्राधिकरण र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कमजोर नियमनलाई पनि समेटिएको छ

सुरक्षित अवतरण गराउन संघर्षरत अवधिमा चिलखायामा बारीको पाटा रहेको थाहा पाएका पाइलटले आकस्मिक अवतरणको प्रयास गर्दा इन्जिन टुक्रिएर पाइलट र को–पाइलटलाई च्यापेको थियो।

सिंगल इन्जिन रहेको उक्त जहाज दुर्घटनापछि सरकारले सिंगल इन्जिन जहाजमा यात्रु बोक्न प्रतिवन्ध लगाएको थियो। सरकारले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छानविन आयोग गठन गरेको हो।

२०७२ फागुन १४ मा नेपालगन्ज विमानस्थलबाट जुम्लाका लागि उडेको ९ एन–एजेबी पीएसी ७५० एक्सएल जहाज कालिकोट जिल्लाको चिलखाया गाबिसमा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो ।

१ नाबालकसहित ९ यात्रु सवार जहाजलाई पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाले उडाएका थिए । दुर्घटनामा पाइलट र को–पाइलटको निधन भएपनि यात्रुलाई भने बचाउन सफल भएका थिए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved