मिल्यो विवाद: दशैंको टिकट बुकिङ असोज ७ गतेदेखि खुला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 18, 2016 | 07:02:15 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीबाट बाहिरिने यात्रीहरुका लागी अग्रिम टिकट बुकिङ असोज ७ गते देखि खुला हुने भएको छ। आइतबार यातायात व्यवस्था बिभागमा भएको सरोकारवाला निकाय र संघसंस्थाबीच भएको बैठकमा यातायात व्यवसायीहरुको अधिकांश माग पुरा भएपछि असोज ७ देखि नै अग्रिम बुकिङ खुला हुने भएको हो। 

वार्ता सफल भएपछी असोज ७ गतेदेखि काठमाडौंका नयाँ बसपार्क, गौशाला, कलंकी, कोटेश्वर लगायतका स्थानमा अग्रिम टिकटको बुकिङ सुरु हुने भएको छ। टिकट बुकिङका लागी सरकारले असोज ३ देखि आवश्यक पुर्वतयारी सुरु गर्ने योजना बनाएको जनाइएको छ। 

ग्रामिण भेगमा रुट परमिट फिर्ता, कलंकी देखि नागढुंगा सडक स्तरोन्नति, डिलक्स गाडीमा  २० % भाडा वढ्ने लगायतका अधिकांश माग पुरा भएकाले असोज ७ देखि टिकट बुकिङ खुला हुने यातायात व्यवसायी राष्ट्रिय महांसघका महासचिव सरोज सीटौलाले जानकारी दिएका छन।

दशैँ तिहारको लागी काठमान्डौबाट बाहिरिने यात्रीहरुका लागी असोज १ गतेदेखि नै बुकिङ खोल्ने तयारी गरिएपनि सरकार र यातायात व्यवसायीबीचको बिबादका कारण रोकिएको थियो।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved