कैलालीमा ग्लोबल आइएमई बैंकको २ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 23, 2016 | 12:20:25 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले कैलालीमा थप २ वटा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ। सक्षम टु एक्सेस फाइनान्ससँगको सहकार्यमा कैलाली जिल्लाको ओलानी र सोल्टा गाविसमा सेवा सुरु गरिएको बैंकले जनाएको 
छ।


आइएमई बैंक बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले कैलालीला संचालनमा ल्याइएका वटा शाखा रहित बैंकिङ्गको उद्घाटन गरे। 

उक्त शाखा रहित बैंकिङ्ग मार्फत उपभोक्ताले पैसा जम्मा गर्नेे, भुक्तानी गर्ने, मोवाईल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लागायतका सुबिधा पाउने बैंकले जनाएको छ। बैंकले बैंकिङ्ग सेवा पुग्न नसकेका स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट आधारभुत बैंकिङ्ग सेवा पुर्याउँदै आएको छ। 

ओलानी र सोल्टा गाबिसमा सेवा सुरु भएसंगै घरदैलोबाट सेवा उपभोग गर्न पाएकोमा स्थानीयहरुले खुसी ब्यक्त गरेका छन। कैलालीमा सुरु गरिएका २ सेवा सहित ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ४४ पुगेको छ। बैंकका ९१ शाखा र १ सय ३ एटिएम काउन्टर संचालनमा छन।    
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved