नेपाल एसबिआइ बैंकलाई इक्रा नेपालको ‘इक्रा आईआर–एए’ रेटिङ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2016 | 08:00:44 AM मा प्रकाशित

laxmi  sunrise bank

ikra nepal

नेपाल एसबिआइ बैंकले इक्रा नेपालको रेटिङमा डबल ए पाएको छ। इक्रा नेपालको मूल्याङकनमा नेपालमा पहिलो पटक नेपाल एसबीआई बैंकले डब्बल ए तहको ‘इक्रा आईआर–एए’ रेटिङ पाएको हो ।

इक्राबाट डबल ए पाउनुले बैंकको वित्तीय अवस्था बलियो रहेको संकेत गर्दछ। साथै इक्रा नेपालले एसबीआईको २० करोड रुपैयाँको बण्ड तथा डिबेन्चरलाई समेत डबल ए रेटिङ गरेको छ। जसले एसबिआइ बैंकको बण्ड तथा डिबेन्चरमा गरिने लगानी सुरक्षित रहेको जनाएको छ।

इक्रा नेपालका प्रबन्ध निर्देशक दीपकराज काफ्लेले बैंकमा प्रबन्ध निर्देशक अनुकूल भाटनगरलाई रेटिङ सर्टिफिकेट प्रदान गरेको बैंकका प्रबक्ता रमेश घिमिरेले जानकारी दिएका छन।

नेपाल एसबिआइ बैंकले हाल देशभर ७३ वटा शाखा कार्यलय, ८६ वटा एटिएम इ कर्नर सहित, मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved