दशैँ सुरु हुन १ दिन अघि यस्तो छ सुनचाँदीको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 30, 2016 | 10:57:08 AM मा प्रकाशित

laxmi  sunrise bank

हिन्दुहरुको महान चाड दशैँ भोली शनिबार देखि सुरु हुदै छ ।  घटस्थापना भोली शनिबार भएकाले विधिवत रुपमा जमरा राखेपछि दशैँ सुरु भएको मानिन्छ   । 

दशैँ सुरु हुन एक दिन अघि शुक्रबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ  । बिहिबारको कारोबारमा प्रति तोला ५८ हजार ३  सयमा कारोबार भएको छापावाल सुन  आज बिहिबार पनि सोहि मूल्यमा नै कारोबार भई रहेको छ । त्यस्तै त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार   ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

चाँदी भने प्रति तोला  ८ सय ६५   रुपैयाँमा कारोबार  भईरहेको छ। अघिल्लो दिनको तुलनामा यो ५  रुपियाँले घटी हो । 

नेपाल सुनचांदी ब्यबसायी महासंघले शुक्रबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९  हजार ९ सय ८५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ७  सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ४१ रुपियाँ  ५० पैसा  कायम गरिएको छ।    

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved