घट्दो क्रममा सुनको मूल्य, चाँदीको पनि घट्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 03, 2016 | 11:01:38 AM मा प्रकाशित

laxmi  sunrise bank

बिगत केहि दिन देखि घट्दो क्रममा रहेको सुनको मूल्य सातको दोस्रो दिन सोमबार पनि घटेको छ   । आइतबारको   कारोबारमा प्रति तोला ५८ हजार १ सयमा  कारोबार भएको छापावाल सुन  आज सोमबार तोलामा २ सयले घटेर प्रति तोला ५७  हजार ९  सयमा कारोबार भई रहेको छ ।   त्यस्तै तेजावी सुन प्रति तोला ५७  हजार ६  सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल अघिल्लो हप्ताको पहिलो दिनमा प्रति तोला ५९ हजारमा कारोबार भएको थियो । त्यसपछि मूल्य घट्दो क्रममा छ ।

चाँदी भने प्रति तोला  ८ सय ६०   रुपैयाँमा कारोबार  भईरहेको छ। यो अघिल्लो दिनको तुलनामा ५ रुपियाँले घटी हो। 

नेपाल सुनचांदी ब्यबसायी महासंघले सोमबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९  हजार ६   सय ४०  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ४    सय २५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ३७  रुपियाँ  ५० पैसा  कायम गरिएको छ।    

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved