हिरो मोटोकर्पले सवैभन्दा धेरै माइलेज दिने दाबिसहित ११० सिसिको 'हिरोआई स्मार्ट स्प्लेन्डर' मोटरबाइक सार्वजनिक गरेको छ। आइथ्रीएस प्रविधि रहेको यो मोटरसाइकलले सबैभन्दा बढी माइलेज दिने कम्पनीले बताएको छ।
भारतीय बजारमा ५३ हजार ३ सय भारतीय रुपियाँ तोकिएको यो मोटरसाइकलमा रोकेर राखेको अवस्थामा स्वचालित रुपमा इन्जिन बन्द हुने र पुन चलाउनु परेमा क्लचमात्र तान्दा स्टार्ट हुने प्रविधि रहेको कम्पनीले जनाएको छ। यस प्रविधिका कारण इन्धनको बचत हुने कमपनीको विश्वास छ।
दक्षिण एसियाको बजार सुहाउँदो भिडभाड तथा जाममा हुने ठाउँहरुमा बढी प्रभाबकारी हुने कम्पनीले जनाएको छ। यो मोटरसाइकल यस अघि सार्वजनिक गरिएको 'हिरो आइ स्मार्ट' एकसय सिसिको जस्तो आकर्षक र पहिलेको जस्तै डुअल टोन कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
यस अघि सार्वजनिक गरिएको हिरो आइ स्मार्ट एकसय सिसिले सबै भन्दा बढी माइलेज दिने दाबि गरेको कम्पनीले यो मोटरसाइकलले त्यो भन्दा बढी माइलेज दिने बताएको छ। भारतीय बजारमा सार्वजनिक भएको यो मोटरसाइकल छिटै नेपाली बजारमा समेत सार्वजनिक हुने छ। -एजेन्सी