सृजना फाइनान्समा फ्रेसरदेखि ब्रान्च म्यानेजरसम्म जागिर खुल्यो, यस्ता छन् आवश्यक योग्यता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 31, 2016 | 09:50:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सृजना फाइनान्स लिमिटेडले ब्रान्च म्यानेजर सहित विभिन्न तहका लागि दरखास्त आब्हान गरेको छ। फाइनान्सले कम्तिमा १० ब्रान्च म्यानेजर सहित रिलेसनसिप अफिसर, जुनियर एसिस्टेन्ट (अपरेसन) र ट्रेनी एसिस्टेन्ट, प्रशिक्षार्थी एसिस्टेन्ट पदका लागि दरखास्त आब्हान गरेको हो। 

ब्रान्च म्यान्जेनरका लागि स्नातक या स्नातकोत्तर उतीर्णको शैक्षिक योग्यता र कम्तीमा २ देखि ३ वर्ष बैंक तथा वित्तीय संस्था (२ वर्ष क्रेडिट अथवा रिलेसनसिप मेनेजमेन्ट) मा काम गरेको हुनुपर्ने फाइनान्सल जनाएको छ। 

त्यस्तै रिलेशनशिप म्यानेजरका लागि स्नातक उतीर्ण र कम्तीमा १ देखि २ वर्ष बैंक तथा वित्तीय संस्थाको क्रेडिट क्षेत्रमा काम गरेको हुनुपर्ने छ भने जुनियर एसिस्टेन्ट (अपरेसन) का लागि विजनेस, मेनेजमेन्ट वा फाइनान्समा स्नातक उतीर्ण गरेको र कम्तीमा १ देखि २ वर्ष बैंक तथा वित्तीय संस्थाको सम्बन्धि क्षेत्रमा रहेको काम गरेको हुनुपर्नेछ ।

प्रशिक्षार्थी एसिस्टेन्टका लागि विजनेस, फाइनान्स, मेनेजमेन्ट तथा सम्बन्धित विषयमा कम्तीमा ५० प्रतिशत प्राप्तांकसहित स्नातक गरेका र उमेर २५ वर्ष ननाघेका फ्रेसरले पनि आबेदन दिन सक्नेछन। सबै तहका लागि क्यान्डीडेटसंग पुमोरी सफ्टवेरका बारेमा राम्रो ज्ञान भएको हुनुपर्नेछ । स्थानीयलाई प्राथमिकतामा राखिने जनाइएको छ ।     

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सृजना फाइनान्सको प्रधान कार्यालय, विराटनगरको मानव संशाधन विभागमा सम्पर्क गर्न सक्नेछन।  इमेल ठेगाना [email protected][email protected] मा आवेदन दिन सकिनेछ । आवेदन दिँदा हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकताको फोटोकपि र सबै शैक्षिक प्रमाणपत्र पनि साथमा ल्याउनुपर्नेछ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved