‘तामाङ चलचित्र महोत्सव’ का लागी फ्लिम निर्माण तालिम

भावना लामा

भावना लामा

Jan 16, 2019 | 03:36:29 PM मा प्रकाशित

laxmi  sunrise bank

‘तामाङ आवाज’ डिजिटल मिडियाले दुई दिने चलचित्र कथा लेखन तालिम सम्पन्न गरेको छ । तामाङ समुदायको परम्परा, भाषाशैली र संस्कृतिलाई चलचित्रमार्फत प्रस्तुत गर्ने उदेश्यकासाथ आयोजना गरिएको तालिममा २० जना प्रशिक्षार्थी उपस्थित थिए । 

‘सामाजिक,साँस्कृतिक अनुसन्धान केन्द्र’ (SCRC) का अध्यक्ष खोजराज गोले, कार्यकारी निर्देशक कुमार मोक्तान र राजकुमार तामाङले पुष २८ र २९ गते सहभागीलाई तालिम दिए । तालिममा चलचित्र मार्फत जातिय सौन्दर्यतालाई उतार्ने, समुदायको उत्पत्ति र अन्य रहनसहनका विषयमा सुन्दर ढङ्गले कथामा उतार्ने विषयमा प्रशिक्षण दिईएको थियो । 

‘तामाङ चलचित्र महोत्सव–२०७५’ मा तामाङ भाषाको चलचित्र प्रतियोगीता राखिने र उक्त प्रतियोगीतामा अहिले तालिम लिएकाहरुले नै बनाएको चलचित्रलाई प्रतिष्पर्धामा उतारिने आयोजकको भनाई छ । यस बाहेक बाहिरबाट आउने चलचित्र पनि प्रतिष्पर्धामा सहभागी हुन पाउनेछन् । 

आगामी चैत्र दोस्रो हप्ता महोत्सवको आयोजना हुँदैछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved