अध्याँरोमा उपभोक्ता, खेर जाँदै बिजुली , प्राधिकरण 'कमिसन'को खेलमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 04, 2016 | 02:05:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्र घण्टासम्मको लोडसेडिङ खेपेका नेपालीलाई यहि उत्पादन भएको ६५ मेगावाट बिजुली भने खेर गईरहेको छ भन्दा अचम्म लाग्ला। हो साच्चै, भर्खरै निर्माण सम्पन्न दुई परियोजनाको बिजुली राष्ट्रिय प्रशारणमा जोडिन नसक्दा यसरी नै खेर गईरहेको छ।

नेपाल विद्युत प्राधिकरण को लापरवाहि र कमिशनखोर रवैका कारण माथिल्लो मर्स्याङ्दी ए को ५० मेगावाट र हेवा खोला ए को १५ मेगावाट बिजुली खेर गएको हो। सिनो हाइड्रो नामक चिनियाँ कम्पनीले निर्माण सम्पन्न गरेर परिक्षण प्रशारण पनि सफल भएको माथिल्लो मर्स्याङ्दी ए परियोजनाको १३२ केभीए प्रशारण लाइन बिद्युत प्राधिकरणले निर्माण नगर्दा उक्त बिजुली खेर गएको हो। 

जलबिद्युत परियोजना निर्माण समझदारीपत्रमा चिनिया कम्पनीले बिद्युत उत्पादन परिक्षण प्रसारण गर्ने समयसम्म प्रसारण लाइन प्राधिकरणले निर्माण गरिसक्ने गरि सम्झौता भएको थियो। तर कम्पनीले उक्त परियोजनाको परिक्षण प्रसारण लाइन बनाउन भने सकेको छैन। मर्स्याङ्दी कोरिडोरको उक्त प्रसारण लाइन निर्माण सम्पन्न हुन अझै १ वर्ष भन्दा बढी समय लाग्ने बताइएको छ।    

यस्तै गरि पुर्वको हेवा खोला परियोजनाको बिजुली पनि प्रसारण लाइनको अभाबमा खोलामै फालिएको छ। उक्त परियोजनाबाट १५ मेगावाट बिजुली उत्पादन हुने तर प्राधिकरणले प्रसारण लाइन बनाउन ढिला गरेका कारण उत्पादन रोकिएको आयोजना स्रोतले बताएको छ। 

पांचथर, इलाम, झापा लगायतका जिल्लामा निर्माणधिन हेवा कोरिडोर निर्माणको जीमा भारतीय ठेकेदारलाई दिएपनी उक्त ठेकेदारले विभिन्न बहानामा प्रसारण लाइन निर्माण गरिरहेको छैन। 

यी बाहेक दोर्दी खोला, मर्स्याङ्दी, हेवा लगायतका थुप्रै परियोजना निर्माणको अन्तिम चरणमा छन। बिद्युत प्राधिकरण स्रोतका अनुसार यसै बर्षको अन्त्यसम्म करिब २ सय २० मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिने छ। तर प्रसारण लाइनको अभाबले ती परियोजनाबाट उत्पादन बिजुली समेत खेर जाने पक्का छ। 
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved