कृषि विकास बैंक र इजी लिंकबीच रेमिट्यान्स सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 04, 2016 | 04:53:16 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक लिमिटेड र इजी लिंक रेमिट्यान्सबीच रेमिट्यान्स कारोबार लागि सम्झौता भएको छ । बैंकको मुख्य कार्यालय काठमाडौंमा आज कात्तिक १९ गते उक्त सम्झौता भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र इजी लिंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले हस्ताक्षर गरे । 

सम्झौता अनुसार कृषि विकास बैंकका कुनै पनि शाखाहरुबाट विदेश तथा स्वदेशमा बस्ने व्यक्तीहरुले इजी लिंक रेमिट्यान्स मार्फत पठाएको पैसा सहज रुपमा प्राप्त गर्न सक्ने छन। 

कार्यक्रममा बैंकका उप–महाप्रबन्धकहरु शेषरमण आचार्य, नरेश कुमार रोक , विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ, शाखा प्रमुखहरु अरुण कुमार भट्टराई, हिमलाल पौडेल , शाखा अधिकृत कृष्ण प्रसाद नेपाल, शाखा अधिकृत तारा न्यौपाने र अहिला अमात्य समेतको उपस्थिती थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved