भारतसंगको निर्भरता तोड्दै नेपालमै गुणस्तरयुक्त प्याड उत्पादन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 05, 2016 | 05:11:33 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतबाट हरेक महिना गाउँभरिका मानिसहरु महँगो प्याड किनेर प्रयोग गरिरहेका अवस्थामा गाउँमै गुणस्तरयुक्त प्याड उद्योग स्थापना गरी उत्पादन सुरु गरिएको छ।


 
साना किसान महिला सहकारी सेमजोङका अध्यक्ष मीना तामाङ समेतको समूह निर्माण गरी महिलालाई आम्दानी बढाउन गाउँमै उद्योग सञ्चालन गरिएको हो। रजस्वलाका बेला प्रयोग गरिने प्याड उत्पादनका लागि जर्मन विकास सहयोग (जिआइजेड)ले यन्त्र खरिद गरी महिलालाई तालिम दिएपछि विकट गाविसमा रहेको सेमजोङमा जिल्लामै पहिलो पटक यस्तो उद्योग सञ्चालन गरिएको हो।
 
“महिनावारी हुँदा प्रयोगमा ल्याइने प्याड गाउँमा हरेक महिना लाखौँमा खरिद हुने गरेको थियो । अब गाउँमै बनाइएपछि गाउँबासीको खर्च गाउँमै आम्दानी हुनेछ”, तामाङको भनाइ छ। गाउँमै उत्पादन भएको एक प्याडको ६० रुपैयाँ पर्छ । बाहिरबाट खरिद गरिएको एक प्याडको एक सय २० भन्दा बढी पर्ने गर्दछ। बाहिरबाट खरिद गरिएको प्याड गुणस्तरयुक्त नभएको र एक दिनलाई पनि नपुग्ने तर गाउँको प्याड राम्रो र गुणस्तरयुक्त युक्त भएकाले थोरै प्रयोग गरेर नै हुनेखालको रहेको उद्योगमा कार्यरत पुष्पा तामाङले बताइन्।
 
महिला मात्र संलग्न उद्योगले हरेक दिन तीन सय प्याड बनाउँछ। हालका दिनमा गाउँमै उत्पादन भएको प्याडको माग पूरा गर्न धौ धौ परेको र केही समयपछि निर्यात गर्ने तयारीमा रहेको सहकारीका अध्यक्ष तामाङले जानकारी दिइन्। 
 
दुई सातअघिदेखि उत्पादन सुरु भएको सो उद्योग जिल्लाकै नमुनाका रुपमा रहेको साना किसान कृषि सहकारी जिल्ला सङ्घका डिबी सिङ्खडाले बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved