बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदै छ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 06, 2016 | 11:00:27 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार सुनचाँदीको मूल्य उकालो लागेको छ। शुक्रबार प्रति तोला ५७ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा २ सयले बढेर प्रति तोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

त्यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चांदी प्रति तोला ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिनको तुलनामा चांदी तोलामा ५ रुपैयाँले महँगो भएको हो । 

नेपाल सुनचांदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९ हजार ४ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार २ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ११ रुपैयाँ ५० पैसा कायम गरिएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved