घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदै छ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 07, 2016 | 12:00:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार सुनचाँदीको मूल्य ओरालो लागेको छ। आइतबार प्रति तोला ५७ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज सोमबार  तोलामा ४  सयले घटेर प्रति तोला ५७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

त्यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ। चांदी प्रति तोला ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिनको तुलनामा चांदी तोलामा ५ रुपैयाँले सस्तो  भएको हो । 

नेपाल सुनचांदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९ हजार १  सय २५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८  हजार ९  सय १० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ७  रुपैयाँ ५० पैसा कायम गरिएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved