कुलमान घिसिङद्वारा विद्युत् प्राधिकरणको प्रवक्तामा अधिकारी नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 07, 2016 | 08:19:03 PM मा प्रकाशित

laxmi  sunrise bank

बिद्युत प्राधिकरणको प्रवक्ताको जिम्मेवारी विद्युत व्यापार विभागका प्रमुख प्रबल अधिकारीलाई दिइएको छ। अधिकारीलाई प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार प्रवक्तामा नियुक्त गरेका हुन्।

लामो समय देखि प्राधिकरणमा प्रवक्ता नहुँदा संचारकर्मी, उपभोक्ता र ग्राहकसंग प्राधिकरणका गतिबिधिबारे सूचना तथा जानकारी प्रवाह गर्न असहज भएपछी प्रवक्ताको रुपमा नियुक्त गरिएको जनाइएको छ। 

प्रवक्ताको जिम्मेवारी पाएका अधिकारी प्राधिकरणको विद्युत व्यापार विषयमा प्राविधिक र आर्थिक पक्षबारे विशेष दक्षता राखेका इलेक्ट्रिकल इन्जिनियर समेत हुन। अधिकारिले ऊर्जा संकट निवारण कार्ययोजना तर्जुमामा पनि योगदान पुर्‍याएका थिए। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved