एनआइसी एसिया बैंकले गर्यो एकै दिन ७ शाखा विस्तार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 08, 2016 | 04:47:41 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंक लिमिटेडले विभिन्न स्थानमा एकै पटक ७ नयाँ शक्या संचालनमा ल्याएको छ। ७ शाखा कार्यालयहरु संचालनमा आएसंगै एनआइसी एसियाका शाखा संख्या ७६ पुगेका छन। 

संचालनमा आएको शाखा कार्यालयहरु मध्य बट्टार स्थित ७० औं शाखाको उद्घाटन नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीेले गरे। त्यस्तै अत्तरीया स्थित ७१ औं शाखाको उद्घाटन अत्तरीया उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त रोकाया,  लेखनाथ स्थित ७२ औं शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, बाग्लुङ स्थित ७३ औं शाखाको उद्घाटन बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी, बिरौटा स्थित ७४ औं शाखाको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्री विश्व शंकर पालिखे, कावासोती स्थित ७५ औं शाखाको उद्घाटन नवलपुर उद्योग वाण्ज्यि संघका अध्यक्ष ओम प्रकाश पौडेल तथा दलदले स्थित ७६ औं शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले गरेका छन्।

यसै बर्ष ४० भन्दा बढी शाखा कार्यालय थप्ने योजनामा रहेको एनआइसी एसिया बैंक शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

देशभर शाखा संजाल बिस्तार गरि कारोबार र ब्यापार बढाउन आक्रामक देखिएको एनआइसी एसिया बैंकले यस अघि मोरङको उर्लाबारी तथा बिराटनगरको पोखरीयामा शाखा बिस्तार गरेको थियो । ७ नयाँ शाखा कार्यालय थप भएसंगे बैंकले आफ्ना ग्राहकहरुलाई ७६ शाखा कार्यालय तथा ६९ एटीएम बुथबाट वित्तीय सेवा दिएको छ। 

बैंकले यस आर्थिक बर्षको पहिलो त्रैमासमा २६ करोड रुपैंया खुद मुनाफा आर्जन गरेको छ। जुन गत बर्षको यस अवधिसंगको तुलनामा ११ करोड रुपैयाँले बढी हो। 

बैंकले गत आर्थिक बर्षको कमाईबाट लगानीकर्तालाई २६ प्रतिशत बोनस वितरण गरेको छ। त्यस्तै बोनस शेयर वितरणपछि कायम चुक्ता पुंजीबाट १५ प्रतिशत हकप्रद दिने प्रस्ताब समेत बैंकको १९ बार्षिक साधारणसभाले पारित गरेको छ। 

२६ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुंजी ५ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। उक्त पुंजीबाट १५ प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ६ अर्ब ५९ करोड नाघ्ने छ। 

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउनका लागि तथा कारोबार बिस्तारका लागि बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने विकल्प समेत खुला राखेको छ। त्यस्तै सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved