भारु नोट प्रतिबन्ध र अमेरिकी राष्ट्रपति चुनावको असर नेपाली सुनबजारमा, ह्वात्तै बढ्यो मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 09, 2016 | 11:52:16 AM मा प्रकाशित

laxmi  sunrise bank

केहि दिन यता ओरालो लागेको सुनको मूल्य आज बुधबार ह्वात्तै बढेको छ ।  मंगलबार  प्रति तोला ५६ हजार ९  सय रुपियाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १३ सयले बढेर प्रति तोला ५८ हजार २ सयमा कारोबार भई रहेको छ  । त्यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। आज चाँदी भने  प्रति तोला ८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ।  यो अघिल्लो दिनको तुलनामा ३० रुपियाँले बढी हो । 

नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबार  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९   हजार ९   सय  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ६    सय ८५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय २४    रुपैयाँ ५० पैसा कायम गरिएको छ। 

किन बढ्यो सुनको मुल्य ?

नेपाल सुन चाँदी ब्यबसायी महासंघका पुर्व अध्यक्ष तेज रत्न शाक्यका अनुसार सुनको मूल्य बढ्नुमा २ वटा कारण रहेको छ । पहिलो कारण भारत सरकारले ५०० र हजार का नोट प्रतिबन्ध गर्नु हो भने दोस्रो कारण अमेरेकी राष्ट्रपति चुनाव । 

भारतले नोट प्रतिबन्ध गरेसंगै सुनलाई होल्ड गर्न चाहनेको संख्या बढेको र सुनको माग बढ्दा मूल्य बढेको शाक्य बताउछन् । उनका अनुसार भारत सुनको दोस्रो ठुलो बजार हो । यो कारणले मूल्यमा धेरै असर नगरेको र प्रमुख कारण भने अमेरिकी चुनाव रहेको उनको थ्जाहर छ ।

उनका अनुसार अमेरेकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रंपले अग्रता लिएसंगै डलरको मूल्य घटना थालेको छ । डलर घट्दा सुनको भाउ बढेको उनी बताउछन् । यदि ट्रंप राष्ट्रपतिमा निर्बाचित भए डलर अझै घट्ने र सुन बढेर प्रति तोला ६५ हजार सम्म पुग्न्न सक्ने उनको अनुमान छ ।

तर हिलारीले जितेमा सुनको मूल्य घटेर स्थिर हुने उनी बताउछन्  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved