आज पनि ह्वात्तै घट्यो सुनको भाउ, ४ दिनमा २७ सयको गिरावट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 13, 2016 | 11:11:43 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य घटेको छ । शुक्रबार   ४ सयले घटेर  ५६ हजार ४  सयमा कारोबार भएको छापावाल सुन आज ९ सयले घटेर प्रति तोला ५५ हजार ५ सयमा कारोबार भई रहेको छ   । त्यस्तै तेजावी सुन प्रति तोला ५५  हजार २   सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। छापावाल सुन गत २४ गते ५८ हजार २ सयमा कारोबार भएको थियो । त्यसयता यसको मूल्य ४ दिनमा २७ सयले घटेको छ । 

आज चाँदी भने  प्रति तोला ८ सय १०    रुपैयाँमा कारोबार भईरहेको छ।  यो अघिल्लो दिनको तुलनामा ३५ रुपियाँले बढी हो । 

 

नेपाल सुनचांदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार ५   सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७   हजार ३   सय ७०  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ९४       रुपैयाँ ५० पैसा कायम गरिएको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved