मप्सका ब्राण्डको ब्रेकफास्ट नेपाली बजारमा, नेपालमै प्लान्ट राखी उत्पादन गर्ने लक्ष्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 13, 2016 | 01:45:37 PM मा प्रकाशित

laxmi  sunrise bank

मप्सका ब्रेकफाष्ट उत्पादनहरु नेपाली बजारमा सार्वजनिक गरिका छन। पछिल्लो ८ बर्षदेखि नेपाली बजारमा बिक्रि वितरण भईरहेको भारतीय आम्रपाली बायोटेक इन्डिया प्रालिअन्तर्गत उत्पादन मप्सका उत्पादन नेपाली बजारमा औपचारिक रुपमा शनिबार सार्वजनिक गरिएको हो।

आम्रापाली बायोटेक इन्डियाका चेयरमेन डा. अनिल कुमार शर्मा, निर्देशकद्धय रितिक सिन्हा र डा. स्वप्निल शिखा तथा सेल्स एण्ड मार्केटिक प्रमुख उपाध्यक्ष प्रभात कुमार सिं ले नयाँ प्रडक्टको संयुक्त रुपमा सार्वजनिक गरेका हुन। 

मम्सका नयाँ प्रडक्ट चोकोफ्लेक्स, चोकोफिल्स, मुसली र पोरिज नेपाली बजारमा औपचारिक रुपमा बिक्रीवितरण थालिएको हो। मम्स कम्पनीका उत्पादन नेपाली बजारमा निक्सोन एक्सपोर्ट इम्पोर्ट प्रालि, सन्तोष भेराइटीज र प्रथम ट्रेड लाइन प्रालिले बिक्रीवितरण गरिरहेका छन् ।
 
भारतमा फुड प्रडक्टमा सबैभन्दा धेरै कारोबार गरिरहेको आम्रपाली ग्रुपले भुटान, बंगलादेश र मिडिलइस्टका बिभिन्न देशमा आफ्ना उत्पादन बिक्रीवितरण गरिरहेको छ। नेपालमै प्लान्ट राखेर उत्पादनगर्ने लक्ष्य मम्स ब्राण्डले लिएको जनाइएको छ । नेपालमा उत्पादन गरेर भारतका बिहार लगायतका प्रान्तमा कारोबार गर्ने लक्ष्य लिएको आम्रपाली ग्रुपका नेपालस्थित कन्ट्री हेड जनक ओलीले बताए ।

ब्राण्ड एम्बासडरको रुपमा भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिं धोनी रहेको मम्सका उत्पादनहरु नेपालका जनरल स्टोर र सुपरस्टोरहरुमा उपलब्ध छन् ।

आम्रापाली बायोटेक इन्डियाका चेयरमेन डा. अनिल कुमार शर्माले नेपालसँग आफ्नो सम्बन्ध बिबिध कारणले नजिक भएकै कारण भारतमा भन्दा पहिले नेपालबाट आफ्नो उत्पादन नेपालमा उपलब्ध गरेको बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved