सानीमा बैंकद्वारा सामुदायिक केन्द्रलाई घाँस काट्ने उपकरण प्रदान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 13, 2016 | 03:41:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सानीमा बैंक लिमिटेडले नक्साल स्थित नन्दिकेशर बगैंचालाई घाँस काट्ने उपकरण प्रदान गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत नारायणचौरमा अवस्थित उक्त बगैंचाको सुन्दरतालाई कायम राख्नका लागि बिगतको सहयोगलाई निरन्तरता दिएको बैंकले जनाएको छ।

११ औ महानगरीय प्रहरी दिवसमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सामुदायिक केन्द्रका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठलाई घाँस काट्ने उपकरण प्रदान गरेका हुन। 

सामाजिक उत्तरदायित्व अन्तर्गत सानिमा बैंकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले जनाएका छन।    

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved