बैंकर्सलाई नेतृत्व विकास तालिम दिन एनबिआइ र भारतको एमडिआइबीच सहकार्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 14, 2016 | 06:29:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ इन्ष्टिच्युट एनबिआइले भारतको म्यानेजमेन्ट डेभलपमेन्ट इन्ष्टिच्युट (एमडिआइ) सँग सहकार्य गर्ने भएको छ। यस सम्बन्धि सम्झौतामा एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बा र एमडिआइका निर्देशक डा. सिपी श्रिमालीबीच हस्ताक्षर गरेका छन।   

ड़ा श्रिमाली व्यवस्थापन र नेतृत्व विकासको क्षेत्रमा प्रख्यात व्यक्ति हुन्। उनले सन् १९८६ मा नबिल बैंकको पहिलो कर्मचारी टोलीलाई करिव दुई बर्षसम्म तालिम दिएका थिए। उनी नेपाली बैंकिङ क्षेत्रको मानव संशाधन व्यवस्थापन क्षेत्रका चुनौतीका बारमा जानकार छन्।

दुई संस्थाबीचको सहकार्यले  मानव संशाधन विकास अन्तर्गत तालिम, शैक्षिक र अनुसन्धान क्षेत्रमा काम गर्ने छन्। तालिम तथा सेमिनार आयोजना गर्न पनि दुबै संस्थाले सहकार्य गर्ने छन्। 

एमडिआइले नेपाली बैंक तथा वित्तीय संस्थामा मध्यमदेखि उच्च तहमा कार्यरत जनशक्तिलाई व्यवस्थापन तथा नेतृत्व विकास बिषयक कार्यक्रमहरु तयार गरी प्रदान गर्ने छन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved