पाल्पा र भक्तपुरमा लक्ष्मी बैंकका शाखा कार्यालय संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 15, 2016 | 02:51:58 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंक लिमिटेडले कारोबार बिस्तार गर्ने क्रममा एकै पटक दुई स्थानमा शाखा नयाँ शाखा संचालनमा ल्याएको छ। सेवा बिस्तार गरि कारोबार बढाउने क्रममा बैंकले पाल्पाको रामपुर र भक्तपुरको कौशलटारमा नयाँ शाखा संचालनमा ल्याएको हो। 

संचालनमा ल्याइएका नयाँ शाखा कार्यालयबाट रामपुर र कौशलटारका ग्राहकहरुले इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन लगायतका सम्पूर्ण बैंकिङ सेवा पाउने छन। यो शाखा मार्फत बैंकले सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तीगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालई फराकिलो पार्दै जाने लक्ष्य लिएको छ ।  शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति बैंकले लिएको छ ।  

यो सँगै बैंकको शाखा सञ्जाल ५९, विस्तार काउन्टर दुई वटा र एटिएम ७९ वटा पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । 

जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पुर्याएको बैंकको दाबी छ। बैंकले आर्थिक वर्ष २०७२÷७३ मा ४८ अर्व १५ करोड निक्षेप र ४० अर्व ३५ करोड कर्जा संकलन गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved