डेढ महिना भित्र उद्घाटन गर्ने गरी प्रत्येक प्रदेशमा सुपरजोन बनाउन प्रधानमन्त्रीको निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 15, 2016 | 03:19:04 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिमन्त्री गौरीशंकर चौधरीलाई बोलाएर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायत कृषि मन्त्रालयका कामलाई युद्धस्तरमा सञ्चालन गर्न निर्देशन दिएका छन्  ।


मंगलबार प्रधानमन्त्रीले मन्त्री चौधरीलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएर कृषि मन्त्रालयका कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन्  । प्रधानमन्त्रीले प्रत्येक प्रदेशमा एक÷एक वटा सुपरजोन बनाएर कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिए  । उनले झापामा धान, बारामा माछा, काभ्रेमा आलु, कास्कीमा तरकारी, दाङमा मकै, जुम्लामा स्याउ र कैलालीमा गहुँ खेतीका लागि सुपरजोन क्षेत्र बनाएर डेढ महिनाभित्र उद्घाटन गर्ने व्यवस्था मिलाउन पनि कृषिमन्त्रीलाई निर्देशन दिएका छन् ।


प्रधानमन्त्रीले परियोजनामा सञ्चालन हुने कार्यक्रमहरुबारे जनस्तरमा व्यापक प्रचार–प्रसार गर्ने, जनस्वास्थ्यमा ध्यान दिँदै परियोजनाबाट बितरण गरिने मलमा आधा रासायनिक मल र आधा कम्पोष्ट मलको प्रतिस्पर्धाको आधारमा बितरण गर्न, परियोजना सञ्चालन गर्न सिंचाई, पूँजी सुधार, ग्रामिण विद्युतीकरण, कृषि सडक, कृषि ऋण उपलब्ध गराउने निकायसँग समन्वय गर्न पनि निर्देशन दिएका छन् ।


प्रधानमन्त्रीले जनता पेन्सन कार्यक्रमलाई छाताको रुपमा लिएर त्यसअन्तर्गत कृषक सुरक्षा भत्ता थालनी गर्न पनि निर्देशन दिएका छन्  । उनले मजदुरी गर्ने किसान, साना र सीमान्त किसान, मझौला वा अर्धव्यवसायिक किसान र व्यवसायिक किसानको वर्गीकरण गरी निम्न स्तरका किसानका लागि पहिलो चरणमा किसान सुरक्षा भत्ता उपलब्ध गराउने तयारी गर्न पनि निर्देशन दिएका छन्  ।


प्रधानमन्त्रीले कृषि विकास रणनीतिमा व्यवस्था भएअनुसार किसान आयोगको गठन गरिने जानकारी गराउँदै देशभरिको बाँझो जमिनको सदुपयोग गर्ने, द्धन्द्धपीडित, वैदेशिक रोजगारीमा गएर फर्किएका महिला लक्षित विशेष कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्न पनि मन्त्री चौधरीलाई निर्देशन दिएका छन्  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved