प्रतिबन्धित भारुबारे अर्थ समिति बोल्यो, कुटनीतिक पहल गर्न निर्देशन 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2016 | 09:36:39 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यवस्थापिका–संसद्को अर्थसमितिले नेपालीसँग रहेका ५०० र एक हजार दरका भारुको सटही प्रक्रिया सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा विहीबार बसेको अर्थसमितिको बैठकले नेपाली जनतासँग रहेका वैध भारुको व्यवस्थापनका लागि चाँडो पहल गर्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो ।

समितिका सभापति प्रकाश ज्वालाले नेपालीसँग रहेको भारुको व्यवस्थापन गर्न कठिनाइ भएकाले सरकारलाई कूटनीतिक प्रक्रियाबाट समाधान गर्न निर्देशन दिने निर्णय गरेको बताए । 

बैठकमा सहभागी सांसदले सीमा क्षेत्रका जनताको समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले अर्थमन्त्रालय र राष्ट्र बैंकले विशेष पहल गर्नुपर्ने विचार व्यक्त गरे।नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरंजीबि नेपालले नेपाली जनतासँग भएका उक्त दरका भारु व्यवस्थापनका लागि भारतीय रिजर्ब बैंकसँग निरन्तर सम्पर्कमा रहेको भन्दै चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved