सुनको भाउ बढ्यो, चाँदीको स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2016 | 10:46:57 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ भने चांदीको मूल्य स्थिर  छ। आइतबार  प्रति तोला ५५ हजार  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोमबार तोलामा १ सयले बढेर प्रति तोला ५५ हजार १ सयमा कारोबार भईरहेको छ। 

त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ८  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी  प्रति तोला ७  सय ८५  रुपैयाँमा कारोबार भईरहेको छ।    

नेपाल सुनचांदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार २ सय ४०  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार २५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७३  रुपैयाँ कायम गरिएको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved