बुटवल र कैलालीमा मञ्जुश्री फाइनान्सका दुई नयाँ शाखा संचालनमा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 22, 2016 | 04:59:40 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्स लिमिटेडले कारोबार विस्तार गर्ने क्रममा एकै पटक दुई स्थानमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ। सेवा विस्तार गरि कारोबार बढाउने क्रममा मन्जुश्रीले रुपन्देही बुटवलको पाल्पारोड तथा कैलाली धनगढीको चौराहामा नयाँ शाखा संचालनमा ल्याएको हो। 

मन्जुश्री फाइनान्सका अध्यक्ष दामोदर प्रसाद गौतमले शाखा कार्यालयको उद्घाटन गरे। संचालनमा ल्याइएका नयाँ शाखा कार्यालयबाट रुपन्देही बुटवलको पाल्पारोड तथा कैलाली धनगढीको चौराहाका ग्राहकहरुले एसएमएस बैंकिङ तथा सम्पूर्ण फाइनान्स सेवा पाउने छन।

यी शाखा मार्फत फ़ाइनान्सले सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी फाइनान्स सेवाको दायरालई फराकिलो पार्दै जाने लक्ष्य लिएको छ ।  

दुई नयाँ शाखा कार्यालय संचालनमा आएसंगै मंज्रुश्री फाइनान्सका कुल शाखा संख्या ५ पुगेको छ। काठमान्डौ नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको मन्जुश्रीको चितवन –नारायणगढ, न्युरोड–काठमाडौंमा शाखाहरु रहेका छन्। 

राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८० करोड पुर्याउने योजना अन्तर्गत फाइनान्सले १७५ प्रतिशत हकप्रद प्रस्ताब  धितोपत्र बोर्डबाट स्वीकृत भईसकेको छ।  

१४ प्रतिशत बोनस शेयर र १७५ प्रतिशत हकप्रद वितरणपछि फाइनान्सको चुक्ता पुंजी करिब ७३ करोड रुपैयाँ हाराहारी पुग्ने छ। हाल फाइनान्सको चुक्ता पुंजी २५ करोड ६ लाख ५२ हजार रुपैयाँ रहेको छ। 

फाइनान्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ९० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने जगेडा कोष रकम १२ करोड ८३ लाख रुपैयाँ रहेको छ। 

यो पनि: मन्जुश्री फाइनान्सको १७५ प्रतिशत हकप्रद बोर्डबाट स्वीकृत 

मञ्जुश्री फाइनान्सको खुद मुनाफा ९० लाख ८४ हजार, शेयरमा लगानी कति फाइदा मुलक ?  

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved