एनएमबि बैंकको अन्तराष्ट्रिय साझेदार एफएमओलाई ९४ लाख कित्ता सेयर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2016 | 09:18:52 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकको बिदेशी साझेदार नेदरल्याण्डको एफएमओले २० प्रतिशत शेयर अर्थात ९४ लाख कित्ता शेयर प्रिमियम मूल्यमा खरिद गरेको छ।

एनएमबीमा पाथिभरा, भृकुटी, क्लीन इनर्जी डेभलपमेण्ट बैङ्क र प्रुडेन्सियल फाइनान्स गाभ्ने क्रममा राष्ट्र बैङ्कले विदेशी साझेदारको स्वामित्व न्यूनतम २० प्रतिशत कायम गर्न निर्देशन दिएको थियो । 

मर्जरपछी एफएमओको १४ प्रतिशत शेयर स्वामित्व ३ प्रतिशतमा झरेको थियो। मर्जरअघिको सम्झौता कार्यन्वयनका लागि एनएमबिले एफएमओलाई प्रति कित्ता १ सय रुपैयाँमा १५० प्रिमियम थप गरि प्रति कित्ता २५० रुपैयाँमा खरिद गरेको हो। यससंगै बैंकको चुक्ता पुंजी १ अर्बले थप भएको छ भने जगेडा कोषमा १ अर्ब ५० करोड रुपैयाँ थपिएको छ। यस अवधिमा बैंकको जगेडा कोष रकम ४ अर्ब १९ करोड पुगेको छ।    

एफएमओले २० प्रतिशत शेयर स्वामित्व ग्रहण गरेसंगै एनएमबि बैंकको चुक्ता पुंजी ४ अर्ब ४८ करोडबाट ५ अर्ब ४३ करोड पुग्ने भएको छ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा एफएमओलाई बिक्रि गरेको रकम उल्लेख गरी चुक्ता पुंजी ५ अर्ब ४३ करोड रुपैयाँ देखाएको छ। 

एफएमओलाई एफपीओ जारि गर्दा सोहि अनुपातमा सर्वसाधारणमा समेत निष्काशन गरिने चर्चा गरिएको थियो। यद्दपी एफएमओलाई मात्र एफपीओ बिक्रि गरिने एनएमबि बैंकले स्पष्ट पारेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट लगानीकर्तालाई निराश बनाउदै मात्र १९ प्रतिशत बोनस शेयर घोषणा गरेको थियो।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved