कन्काई विकास बैंकको नयाँ शाखा सञ्चालनमा, अरु तीन शाखा थप्दै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 24, 2016 | 07:58:12 PM मा प्रकाशित

laxmi  sunrise bank

कन्काई विकास बैंकले झापाको राजगढस्थित राजगढ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेलले १० औ शाखा कार्यालयको रुपमा संचालनमा ल्याइएको उक्त शाखाको उद्घाटन गरे। 

झापाको दमकमा मुख्य कार्यालय भएको बैंकले झापा, मोरङ र इलाम गरी तीन जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएको छ । तीन जिल्ले विकास बैंकले १० शाखा कार्यालयबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा उपलब्ध गराउदै आएको छ। 

मोरङको विराटनगर र इलामको बिब्ल्याँटे वजार तथा तिनघरे बजारमा शाखा खोल्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाइसकेको बैंकले निकट भविष्यमा नै ती शाखा सञ्चालनमा ल्याउने बैंकका कम्पनी सचिब बैजुनाथ ठाकुरले जानकारी दिएका छन।

उद्घाटन अवसरमा संस्थापक अध्यक्ष गुणराज अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्यले पुर्वी नेपालमा कन्काई विकास बैंकलाई स्तरीय बैंकका रुपमा स्थापित गर्दै लैजाने बताए।  

हाल बैंकले संच्चालनमा नयाँ शाखा सहित झापाको दमक, काकडभिट्टा, विर्तामोड, गौरादह र झिलझिल तथा मोरङको पथरी र खोर्साने तथा इलामको मंगलबारे र राँके गरी १० शाखाबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ।

हाल बैंकको चुक्ता पुंजी १२ करोड ५० लाख रुपैंया रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ५० करोड पुर्याउने योजना अनुसार बैंकले २ सय १४ प्रतिशत हकप्रद निष्काशन गर्ने तयारी गरेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ। बोनस तथा हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ४७ करोड रुपैयाँ पुग्ने छ।

तीन जिल्लामा गरी २२ हजार सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले एक अर्ब २७ करोड रुपैंया निक्षेप संकलन गरी १ अर्ब ११ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । कृषि, व्यसाय , व्यक्तिगत, सामाजिक, अटो, बिना धितो सामुहिक कर्जा लगायतमा आक्रामक उपस्थिती जनाउदै आएको बैंकले वेष्टर्न युनियन, हिमाल रेमिट, आईएमई रेमिट, नबिल रेमिट, सिटि एक्सप्रेस, प्रभु मनि ट्रान्सफर, एक्सप्रेस मनी लगायत सञ्जालको रेमिट्यान्स सेवा पनि दिंदै आएको छ ।
            


    

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved