तरलता अभावबारे बैंकर्स र राष्ट्र बैंकको आ-आफ्नै दाबी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 25, 2016 | 02:22:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी खर्चको तादम्यताको अभावको कारण मुद्रा बजारमा तरलताको अभाव देखिन थालेको छ। पछिल्लो समयमा सरकार वजेट कार्यान्वयनमा उदास देखिदा मुद्रा प्रवाहमा रोकावट आएको बताउन थालिएको छ।

चालु आर्थिक वर्षको एकतिहाई अवधी सकिदासम्म पुजीगत खर्चको जम्मा ४ दशमलब ७ प्रतिशत मात्रै खर्च भएको छ। जसले गर्दा विकाश निर्माण अवरुद्ध भइ मुद्रा प्रवाह रोकिएको हो। चालू आर्थिक वर्षको पछिल्लो चौमासिक सम्म ३२ प्रतिशत वजेट खर्च गर्ने सोंच भएपनि सरकार वजेट कार्यान्वयनमा चुकेको तथ्यांकले देखाएको छ।

यससंगै मुद्रा प्रवाह घट्दा बैंकहरुले निक्षेपको व्याजमा समेत वृद्धि गरिरहेको एक बैंकरले बताए। उनका अनुसार २०७३ असारसम्म आर्थिक तरलताकरण निक्षेपको व्याजदर ३ देखि ४ प्रतिशत पुर्याएका बैंकहरुले अहिले निक्षेपमा वृद्धि गरेर ९ प्रतिशत सम्म दिइरहेका छन्। 'लामो समयसम्म अधिक तरलताले छोपेको मौद्रिक बजार पछिल्लो एक साता यता तरलता अभावबाट गुज्रिएको छ' उनले बिजपाटीलाई बताए।

'लामो समयसम्म अधिक तरलताले छोपेको मौद्रिक बजार पछिल्लो एक साता यता तरलता अभावबाट गुज्रिएको छ'  -बैंकर 

"यदी बजारमा तरलता अभाव रहेको भए राष्ट्र बैंकले ३ सय करोडको रिपो अफर गर्दा बैंकहरुको डिमाण्ड शुन्य हुने थिएन। " -नेपाल राष्ट्र बैंक 

विगत पाँच वर्ष यता नेपालको मुद्रा बजारमा तरलताको अभाव थिएन। पाँच बर्ष पहिले बैंकहरुले घर जग्गा र सेयर लगायतका अनुत्पादक क्षेत्रमा अधिक लगानी गरेका कारण निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्न गएको थियो। परीणामत निस्क्रिय कर्जा बढ्दा नेपाली बजारले तरलताको अभाव अनुभव गरेको थियो। अहिले त्यस्तो अवस्था नहुँदा पनि बजारमा तरलताको अभाव देखिनु आफैमा सुखद लक्षण अवश्य होइन ति बैंकरले बिजपाटीलाई बताए ।

तर नेपाल राष्ट्र बैंकले भने तरलता अभाव भएको स्वीकार गर्न तत्पर छैन। राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले यो हप्ता एक दिन बाहेक बजारमा निक्षेपको तुलनामा कर्जाको प्रवाह माइनस नभएको बताउछन।

दैनिक १२ अर्बसम्मको तरलता रहेको बजारमा केहि गिरावट आउँदा आत्तीनु नपर्ने उनले बताए। उनले भने - "यदी बजारमा तरलता  अभाव रहेको भए राष्ट्र बैंकले ३ सय करोडको रिपो अफर गर्दा बैंकहरुको डिमाण्ड शुन्य हुने थिएन। "

तर बैंकहरु भने यो मान्न तयार छैनन। नाम नलेख्ने सर्तमा एक बैंकर भन्छन् - " राष्ट्र बैंक नियमनकारी संस्था भएकाले अनुगमन गरिरहेको होला तर हामीसंग भने अहिले तरलता अभाव बढिरहेको छ। यसकारण निक्षेपमा ९ प्रतिसतसम्म व्याज दिन बैंकरहरु तयार भएको उनले बताए।

तुलनात्मक रुपमा ठुलो अंकको बजेट आएकोले बजारमा तरलता बढेर मुद्रास्फीतिको अवस्था आउने अनुमान अर्थशास्त्रीहरुले गरिरहेका थिए। समयमा बजेट आएका कारण पनि बजारमा तरलताको अभाव नहुने अनुमान गरिएपनि केहि समय अघिसम्म दैनिक १२ अर्ब बराबरको मुद्रा प्रवाह भएको मुद्रा बजारमा पछिल्लो समय ३ अर्ब मात्रै पुगेको एक बैंकरले बताए।

तर राष्ट्र बैंक भने बैंकरहरुको यो बिचार मान्न तयार छैन। प्रवक्ता पौडेलले आफु पोखरा भएका कारण आजको मुद्रा प्रवाह बताउन असफल भएपनि तरलताको अभाव नभएको दाबी गर्छन।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved