७७ लाख भन्दा बढी राजस्व सङ्कलन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 25, 2016 | 02:58:33 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ले चालु आव २०७३÷७४ को प्रथम चौमासिकमा रु ७७ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार १०० सवारी चालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए।

ट्राफिक प्रहरीले पाँच हजार नौ सय दुई मोटरसाइकल चालक तथा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने चार सय पाँच जनालाई कारबाही गरेको छ । 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved