बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदै छ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 27, 2016 | 11:00:49 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ  । शुक्रबार  प्रति तोला ५४ हजार २   सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ३   सयले बढेर  प्रति तोला ५४ हजार ५  सयमा कारोबार भईरहेको छ । 

त्यस्तै तेजावी सुन प्रति तोला ५४  हजार २   सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी   प्रति तोला ७  सय ८५  रुपैयाँमा कारोबार भईरहेको छ।  यो अघिल्लो दिनको तुलनामा १० रुपियाँले बढी हो ।

नेपाल सुनचांदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ७ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ५  सय १० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७३ रुपैयाँ   कायम गरिएको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved