विदेशबाट फर्किएर कृषि फार्म संचालन, पहिलो वर्षमै लगानी उठाउन सफल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 01, 2016 | 02:52:40 PM मा प्रकाशित

laxmi  sunrise bank

रोजगारीका निम्ति छ वर्षसम्म इजरायलमा बसेर फर्किएका राम्जादेउराली गाविस– ९ का रमेश केसीले रु १० लाखको लागतमा कृषि फार्म सञ्चालन गरेका छन् ।

एक वर्ष अघि १५ रोपनी जग्गामा फार्म स्थापना गरी २० जनाको कृषक समूह गठन गरेर गाउँमै फार्म सञ्चालन गरेका हुन् । अहिले फार्ममा गोलभेँडा, केराउ, काउली, बन्दागोभीलगायत मौसमी तथा बेमौसमी तरकारी लगाइएको छ । बाइस वटा टनेलमा गोलभेडा खेती गरिएको छ ।

करिब छ रोपनीमा केराउ, पाँच रोपनीमा काउली, बन्दागोभी तथा अन्य जग्गामा साग, खुर्सानी, मुलालगायत तरकारी लगाइएको छ । ‘बाबुबाजेले खेतीपाती गर्दै आएको जग्गा बाँझो पल्टिन थालेपछि फार्म सञ्चालन गरेको हुँ,’ केसीले भने ।

उत्पादित तरकारी केही मात्रामा स्थानीस्तरमै तथा बाँकी डिमुवा, पातीचौर, सदरमुकाम कुश्माबजारलगायत क्षेत्रमा बिक्री हुने गरेको छ । ‘फार्ममा गरेको लगानी पहिलो वर्षमै उठिसकेको छ,’ सो फार्म सञ्चालन समूहकी सदस्य हिमा गिरीले भने । क्षेत्रफल र लगानी बढाएर उत्पादन बढाउने योजना अघि सारेको उनको भनाइ छ । अहिले उक्त क्षेत्रका युवा बाँझो जग्गामा कृषि फार्म सञ्चालनमा जुट्न थालेका बताइएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved