आज बुधबार पनि घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 07, 2016 | 10:52:48 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार पनि सुनको मूल्य घटेको छ  । मंगलबार  प्रति तोला  ५३ हजार ७  सयमा कारोबार भएको छापावाल सुन आज मंगलबार तोलामा ४ सयले घटेर प्रति तोला ५३ हजार ३ सयमा  कारोबार भईरहेको छ। 

त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार  ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५  हजार ६ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४५  हजार ४  सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७३ रुपैयाँ  कायम गरिएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved