न्युरोडमा खुल्यो सामसङ स्मार्टफोन क्याफे

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 09, 2016 | 12:35:16 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको न्युरोडमा सामसङ स्मार्टफोन क्याफे फेरि सुरु भएको छ । नेपालको लागि सामसङको आधिकारिक बिक्रेता आइएमइस क्याफे फेरि सुचारु गरेको हो ।

ग्राहकहरुलाई विश्वस्तरीय सपिङ्गको अनुभव प्रदान गर्न स्टोरमा आधुनिक सुविधा तथा संरचनाहरुको राख्ने उद्देश्यले मर्मत चलिरहेको थियो ।

ब्राण्ड शपको अनावरण आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रासँगै कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष दिकेश मल्होत्राले गरे ।

अनावरण कार्यक्रममा अध्यक्ष दिपक मल्होत्राले ग्राहकहरुलाई उत्कृष्ट अनुभव सबैभन्दा अनुकुल स्थानहरुमा प्रदान गर्ने उद्देश्य रहेको बताए । यसै उपलक्ष्यमा ग्राहकहरुलाई थप सुविधा पस्कन र शोरुम पुनः सुरु भएको उत्सवमा कम्पनीले मंसिर २९ सम्म सामसुङ मोबाइल फोनको खरिदमा ६ जीबीको डाटा कार्ड निःशुल्क प्रदान गर्ने भएको छ । 

नेपालभरि सामसङका २१ वटा आधिकारिक शोरुम रहेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved