तरकारीले बजार नपाउँदा कृषक चिन्तित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 09, 2016 | 06:13:24 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्लाका दुर्गम गाउँमा उत्पादन भएको तरकारी बजारमा खपत नहुँदा कृषक चिन्तित बनेका छन् । तरकारी व्यवसायबाट मनग्य आम्दानी हुन थालेपछि अधिकांश कृषक खेतीबाली छोडेर व्यावसायिक रुपमा तरकारी उत्पादनतर्फ उन्मुख भएका थिए ।
 भित्री मधेशको गोदाम क्षेत्रमा लगाएको तरकारीले उचित मूल्य नपाउँदा कृषक पुख्र्यौली खेतीतर्फ फर्कने मनस्थितिमा रहेका आलिताल गाविसका गङ्गा बोहरा बताउछन्। 
 
करिब तीन रोपनी जमिनमा उत्पादन गरेको तरकारीले बजार नपाउँदा त्यसै खेर जाने अवस्था रहेको उनको भनाइ छ ।‘सस्तो मूल्यमा बेच्दा समेत उत्पादन अनुसारको तरकारी खपत हुन सकेको छैन’ बोहराले भने,‘बजार र उचित मूल्य नपाउँदा तरकारीखेती नै त्याग्नुपर्ने अवस्था आएको छ।’ 
 
जिल्लाका सरकारी र गैरसरकारी संस्थाले व्यावसायिक रुपमा तरकारी उत्पादन गर्नका लागि किसानलाई प्राविधिक र आर्थिक सहयोग गर्दैआएका छन् । जिल्लाका बगरकोट, समैजी, अशिग्राम, गाङ्खेत गाविस र अमरगढी नगरपालिकामा अनुकुलन परियोजनाले तरकारी उत्पादनका लागि कृषकलाई सिचाँइका साथै तरकारी व्यवस्थापनका लागि सङ्कलन केन्द्र राखी सहयोग गर्दैआएको छ । 
 
आलु, गोलभेँडा, बन्दागोभी, काउली, भेडे खुर्सानी, मुला, काँक्रा गरी आव २०७२÷७३ मा १६ हजार ६०० मेट्रिक टन तरकारी उत्पादन गरी बिक्री गरेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच भएपछि तरकारी उत्पादन गर्ने किसानको सङ्ख्यामा वृद्धि भए पनि तरकारीले बजार पाउन सकेको छैन । 
 
जिल्लामा दुई हजार ४२ हेक्टरमा हिउँदे र बर्खे गरी दुई पटक तरकारीखेती गरिँदै आएको छ । यहाँ उत्पादन गरिएको तरकारी सुदूरपश्चिमका अन्य पहाडी जिल्लासहित तराईका कैलाली र कञ्चनपुरमा समेत बिक्री गरिँदै आएको अनुकुलन परियोजनाका कार्यक्रम सयोजक पुरन ऐरले बताए।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved