नेपालको विकासका लागि भुवन केसीका ५ 'मन्त्र'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 09, 2016 | 11:39:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल किन विकास भएन ? नेपालमा के को अभाव छ ? अभाव स्रोतको कि सोचको ? यसमा धेरै टिका टिप्पणीहरु भई रहेका छन्। यहि सिलसिलामा हामीले विकासमा केहि योगदान दिने उदेश्यले ‘शनिबारे विकास बहस’ शृंखला सुरु गरेका छौ । यस अघि हामीले बिकास तथा संस्कृतिविद लोककृष्ण भट्टराईको विचार प्रस्तुत गरेका थियौ । बहसको आजको शृंखलामा नेपालका सदाबहार नायक भुवन केसी।  

युवाशक्ति देशको गहना हो। जसरि रुप र श्रीँगारका लागि गहनाको महत्वपूर्ण भूमिका रहन्छ, त्यसैगरि देशको विकासकालागि युवाहरुको जरुरत पर्दछ। युवा बिनाको देशले काँचुली फेर्नै सक्दैन। तर बिडम्बना देश युवा विहिन बनिरहेको छ। कर्मशील हातहरु विदेशीका लागि श्रींगार गरिदिने साधन बनिरहेका छन्। देश क्रमसः डम्पिङग् साइटमा परिणत हुँदैछ। कता कता यो देश वृद्धाश्रम हुने हो कि भन्ने छनक पो देखिदै छ। 

यो पनि: "जवाफदेहिताका साथ राष्ट्र विकासमा लाग्ने हो भने नेपालमा पुंजीको अभाब होइन बाढी लाग्छ" 

आर्यघाट पनि कुर्सीबाटै 
देश विकासको बाधक हाम्रो सामन्ती चिन्तन हो। यहाँ एकपटक कुर्सीमा पुगेपछि त्यसलाई छोड्नै नहुने मनोवृति व्याप्त छ। देशलाई हरीकंगाल बनाएर आफै मोटाउने मै खाउँ मै लाउँ प्रवृतिका मान्छेहरु नेतृत्वमा स्थापित भएका छन्। 

एकपटक मह चाटेपछी त्यसको स्वाद छोड्नै नसक्ने खतरनाक प्रवृति हाम्रोमा हावी भएको छ। एक पटक कुर्सी प्राप्त गरेपछि त्यो कुर्सी छोड्नै नसक्ने चिन्तनले नयाँ विचारलाई मारिरहेको छ। जसरि बुढो रुखले पोथ्राहरुलाई तप्केनी पारेर तिनीहरुको वृद्धि रोकी दिन्छ, त्यसरी नै आर्यघाटसम्म पनि कुर्सीबाटै पुग्ने चिन्तनले नवजागरणको बाटो रोकिदिन्छ। यसकारण राजनीतिमा पनि रिटायर्डको हद तोक्न आवश्यक ठान्छु मैले त। 

यो पनि: डलर कमाउन गाह्रो छैन, स्थायित्व र चेतना भए पुग्छ 

आफ्नै भोगाई 
२० वर्ष अगाडी म मनाङ चलचित्र सुटिंगका लागि गएको थिए। यसै त पातलो मनांगे वस्ती त्यसमाथि हिउँद लाग्दै थियो। म जति घर पुगे सबै घरमा बुढाबुढी मात्रै थिए। मलाई खसखस लाग्यो, एकजना बुढी आमैसंग सोधे - हजुरका छोराछोरी खै त आमै ? उहाँको उत्तरले मेरो मुटु नै घोच्दियो । उहाँले भन्नुभयो -"हेर बाबै बलिया पाखुरा मुग्लान पसे हामि यहाँ मर्न बस्यौं, खालो काल पर्खिएर। " 

फेरी केहि बर्षपछि त्यहाँ पुग्दा मनांग बाक्लिएको पाएँ। घरमा चहलपहल थियो। एकजना स्याउ फार्म मालिकलाई सोधें अहिले त मनाङ फेरी बदलिएछ त ? उहाँले भन्नुभयो,' ट्रेकिंग,रुटमा पर्यटक आगमन संगै सडक खुलेपछि यहाँको स्याउ सहर जान थाल्यो। व्यवसाय हुने भएपछि पोखरा काठमाण्डौ गएकाहरु पनि फर्किन थाले।' 

हो यो उदाहरणले पनि मैले के बुझे भने हामीसंग सम्भावना छ, तर त्यो सम्भावाबा खोज्ने ढोकाहरु हामीले पहिल्याउन सकिरहेका छैनौँ। 

यो पनि: 'हामी बिजुली बाटै ३ सय करोड आम्दानी गर्न सक्छौ तर बजारीकरण गर्न लजाईरहेका छौ'

बिकासको आधार सडक

मनाङको मेरो अनुभवले भन्छ-'विकासको आधार सडक हो ।  सडकले सुगम बनाउछ।  सुगम स्थानमा मान्छेहरु सम्भावना खोज्दै पुग्छन।  र अन्तत: सम्भावना खोज्दै पुग्ने मायावरघर दैलो खोल्न सक्छन।  जब दैलो खोलिन्छ, तब मात्रै देखिन्छ भित्रको भण्डार। 

हो हामीसंग सम्भावनाको यति ठुलो भण्डार छ जसको साँचो लगाएको दैलो खोल्ने प्रयत्न हामीले गर्नु पर्छ।  यो सब सडकले गर्छ।  त्यसैले देशलाई सडक संजालले जोड्नु पर्छ।  सबै ठाउमा सडक पुर्याउनु पर्छ र सडकसंगै समृद्धि पनि खुल्दै जान्छ।  

यो पनि: कसरी चलेको छ नेपालको विकास निर्माण ?

विकासमैत्री बनाउँ चलचित्र पनि 
चलचित्र कथा भन्ने एउटा महत्वपुर्ण माध्यम हो। यसले मसिनो गरि मानिसमा अभिप्रेरणा दिने गर्दछ। विदेशमा सिनेमालाई विकाससंग जोडेका थुप्रै उदाहरण छन्। राष्ट्रियता, राष्ट्रिय सम्बृद्धिका लागि चलचित्रहरुले महत्वपुर्ण भुमिका खेल्न सक्छन। 

चलचित्र एकातिर गतिला प्रचारक हुन् भने अर्कोतिर राम्रा 'ट्याक्स पेयर ' पनि। कथा भनेर पनि चलचित्रहरुले देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन भने राम्रो कर तिरेर पनि राष्ट्रिय समृद्धिको आधार सिनेमाले श्रीजना गर्न सक्छन्। 

भारतको ठुलो मध्ये दोस्रो करदाता भारतीय सिने क्षेत्र हो। हामीले पनि नेपालि सिनेमालाई यो उचाई दिन सक्छौं। म पनि राष्ट्रिय सम्बृद्धिका लागि सिनेमा बनाउने सोंचमा छु। छिट्टै जनमनको कथाबाट सिनेमा बनाएर राष्ट्रको माया र सम्बृद्धिका लागि नवचेतना छर्ने सोंच म भित्र उम्लिरहेको छ।

यो पनि: '५० हजारको स्किमले त्यति ठुलो कभरेज त नहोला तर सिस्टम बसाल्नमा महत्त्वपूर्ण भूमिका खेल्नेछ' -डा. गुणराज लोहनी 

विकासका लागि कानुनको सर्वोच्चता 
नेपाल बिग्रिएको कानुनको कार्यान्वयन नभएर हो। यहाँ वडाले जो गर्यो त्यो हुन्छ सर्वसम्मत भन्ने मान्यता छ। तर हाम्रा वडाहरु आफ्नो घडा भर्ने भन्दा अरु केहि नगर्ने भए। उनीहरु त लुइँचौधौँ जस्ता पो भए। एक्काइसौँ शताव्दी भएर होला - ' आइ एम दि स्टेट' मात्रै भन्न भ्याएका छैनन् हाम्रा लुइँ चौधौंहरुले । तर कामले त उनीहरु सर्वसत्तावादमा लुइँ चौधौंहरु लाई उछिनिसकेका छन्। यसकारण कडा कानुन र कानुनको उस्तै कडा परिपालनाको आवश्यकता देख्छु मैले त। 

अब वडा न छोटा सवैलाई कानुनको लगामले नखिची विकासै हुँदैन। कानुनको सर्वमान्यता स्थापित गर्न कानुनको अनविज्ञता क्षम्य हुदैन भन्ने प्रिन्सिपल जवरजस्त स्थापित हुनुपर्छ। 

यो पनि: करिष्माको करिष्माई कन्सेप्ट: विकास प्रकृति मैत्री हुनुपर्छ 

कडा कानुन महँगो हर्जाना 
साच्चै देश विकास गर्ने हो भने कानुन त कडा हुनैपर्छ संगसंगै कानुनले तोकेको हर्जाना पनि बढी हुनु आवश्यक छ। अहिले हामीकहाँ ५० बर्ष पुराना कानुन र तिनले तोकेका हर्जाना मात्रै कार्यान्वयनमा छन्। हर्जाना कमी भएसंगै कतिकति छिद्रहरू पनि छन्, अपराधिहरु तिनै छिद्रहरूबाट उम्किरहेको पाइन्छ । 

यसकारण कानुनकोआधुनिकीकरण गरेर हर्जाना बढाउने र छिद्रहरू टाल्न अब ढिला गर्नुहुदैन। 

यो पनि: 'नेपालको विकास न त भर्जिन रह्यो न त गर्भवति नै'- रामहरी खतिवडा (सांसद,नेपाली कांग्रेस) 

रेमिट्यान्समा आश्रिति देशघात 
देशको मुहार फेर्न सबैभन्दा बढी 'क्याटलाइजर' को भूमिका निर्वाह गर्ने युवालाई विदेशमा दर्वान र कुल्ली बन्न पठाएर आएको 'रेमिट्यान्समा' गर्व गर्नु मेरो विचारमा सबैभन्दा ठुलो घात हो। 

राज्यले नियोजित रुपमा राष्ट्रघात गरिरहेको छ। राज्यले आफ्नो युवासक्ति विदेश पठाउने होइन, उसलाई यही 'इंगेज' गर्न सक्नुपर्छ। पाखुरा बलिया छउन्जेल आउने रेमिट्यान्स पाखुराको रगत सुकेपछि रोकिन्छ र फेरी दोस्रो भरिलो पाखुराले पहिलो पुस्ता स्थानान्तरण गरिरहन्छ। यसकारण देशका युवालाई स्वदेशमै बस्ने वातावरण बनाउन राज्यले ढिला गर्न हुँदैन। 

यो पनि: नेपालको विकासका लागि प्रदिप ज्ञवालीका ४ 'मन्त्र'

भुवन केसी स्वदेशमै मर्छ 
भुवन केसी नेपाल आमाको सन्तान हो। यसलाई आफ्नी आमाको हदसम्म माया लाग्छ। पसिना पोख्न परेपनि आँसु पोख्न परेपनि आफ्नै जन्मभुमीमा पोख्छु। सुख र सयल खोज्दै विदेश भौतारिदैन। मर्न परेपनि यही देशका लागी मर्छ र बाच्न पनि देशकै लागि बाच्छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved