नयाँ बानेश्वर स्थित तरकारी बजारमा डोजर चलाइयो, लाखौको तरकारी नष्ट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2016 | 03:53:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ बानेश्वरमा रहेको तरकारी बजार सरकारले डोजर लगाएर हटाएको छ। सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा व्यवसायीहरुलाई नियन्त्रणमा लिएर डोजर प्रयोग गरी बजारका टहरा पसल भत्काइएको हो।

संसद भवनको पूर्वपट्टि रहेको तरकारी बजार शनिबारै बिहान डोजर लगाएर खाली गरीएलगत्तै बिबाद उत्पन्न भएको छ। टहरा खाली गर्दा बजारमा बिक्रिका लागि राखिएको लाखौं मूल्य बराबरको तरकारी नष्ट भएको छ। तरकारी व्यवसायीहरुले आफुहरुलाई बिकल्प नदीई बजार खालि गरिएको भन्दै मिनभवनस्थित सडकमा तरकारी फालेर बिरोध प्रर्दशन गरेका छन।

उपत्यका फलफूल तथा तरकारी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष मणिराम फुँयालले सरकारले उचित व्यवस्थापन नगरी लाखौंको तरकारी नष्ट गरेको भन्दै आपत्ति जनाएका छन। वरिष्ठ उपाध्यक्ष फुँयालले सरकारले तरकारी व्यवसायीहरुलाई क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन। 

यता पटक पटक बजार खाली गर्न ताकेता गर्दा पनि व्यवसायीहरुले अटेर गरेपछि डोजरले टहरा खाली गर्नु परेको सरकारी अधिकारीहरुले जनाएका छन। 

टहरा राखिएको जग्गा नागरिक लगानी कोषको हो। कोषको स्वामित्वमा रहेको जग्गा भाडामा लिएर तरकारी बजार सञ्चालन गरेपनि २०६८ सालमै म्याद सकिएकाले खाली गर्न अदालतले पनि यसअघि नै आदेश दिइसकेको थियो।
 
कोषले पटक पटक सार्वजनिक सूचना निकाली जग्गा खाली गर्न आग्रह गरेपनि व्यवसायीहरुले अटेर गर्दै आएका थिए। अदालतले आदेश दिएपनि आफ्नो स्वामित्वमा रहेको जग्गा भोगचलन गर्न चासो नदेखाएको भन्दै कोषका कर्मचारीले सरकारलाई दवाव दिँदै आएका थिए। 
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved