काभ्रेमा भएको सवारी दुर्घटनामा २ को मृत्यु, ९ घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2016 | 11:19:51 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेमा आइतबार बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् । बिहान करिब ५:४५ बजे तिर टिपरले टाटासुमोलाई ठक्कर दिँदा टाटासुमोमा सवार २ जनाको मृत्यु भएको हो ।

तस्बिरः  मधुसुधन गुरागाई 

झापाबाट काठमाडौं आउदै गरेको मे १ ज २१९१ को जीपलाई बा ४ ख ३५५६ नम्बरको टिपरले ठक्कर दिँदा जीप अनियन्त्रित हुदै खेतमा खसेको थियो । 

काभ्रेका प्रहरी प्रमुख एसपी नहकुल थापाका अनुसार १ जनाको घटनास्थलमै र अर्को एक जनाको उपचारको क्रममा बनेपाको शिर मेमोरियल अस्पतालमा मृत्यु भएको हो । टाटासुमोमा चालक सहित ११ जना सवार थिए ।

मृत्यु हुनेमा झापाका निलम कार्की र मोरङका मदन श्रेष्ठ रहेका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved