यस्ता छन् आज बसेको मन्त्रिपरिषद्को महत्वपूर्ण निर्णयहरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2016 | 05:47:24 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले  सहसचिव डा. सुरोज पोखरेललाई सचिवमा बढुवा गरेको छ । उनलाई वन तथा कृषि समूहमा रिक्त सचिव पदमा  बढुवा गरिएको हो । 

सामान्य प्रशासन मन्त्रालयले बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको थियो । जसमा पोखरेल, युवकध्वज जीसी र प्रकाश माथेमाको नाम थियो । 

 बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

साथै बैठकले डा.गोविन्द केसीसँग भएको सम्झौताहरुलाई मन्त्रीपरिषद्को बैठकले अनुमोदन गर्ने निर्णय गरेको छ । 

त्यस्तै वाणिज्य विभागका अधिकृतहरुले  बजार अनुगमन गर्ने  पाउने भएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा मात्र हुने गर्दथ्यो। बैठकले भूकम्पपछि पुनः निर्माणका लागि चिनियाँ सरकारले दिने १५ अर्ब ८० करोड अनुदान सहयोग रकम स्वीकृत गर्ने निर्णय पनि गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved