संशोधन विधेयक फिर्ता नभए आन्दोलनको आँधीबेहरी ल्याउन तयार छौ : अध्यक्ष न्यौपाने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2016 | 12:31:42 PM मा प्रकाशित

laxmi  sunrise bank

चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले संविधान संशोधन विधेयक फिर्ता नभए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका छन। सोमबार इनरुवामा आयोजित पत्रकार सम्मेलनमा उनले जनताको चाहना विपरित कुनै समुदाय र विदेशीलाई खुसी बनाउने उद्देश्यले ल्याएको प्रस्ताव कुनै पनि हालतमा मान्य नहुने बताएका हुन्।

जनताको भावनालाई बेवास्ता गरिरहे आन्दोलनमा जानुको विकल्प नहुने स्पष्ट पार्दै भने ' ‘चुरेभावर आन्दोलनबाटै जन्मिएको शक्ति हो, हामीले आन्दोलन गर्न जानेका छौं । २०६३ साल ७२ सालको आन्दोलन राज्यले बिर्सिए जस्तै छ, यस्तै रहे राज्यले यसको मूल्य चुकाउनु पर्छ।’

उनले अहिलेको संशोधन प्रास्ताव मिलेर बसेका नेपालीलाई मधेस र पहाडका नाममा टुक्र्याउने र मुलुकको सामाजिक सद्भावलाई क्षत विक्षत बनाउने योजना सहित आएको उनको दाबी थियो ।

उनले धर्मनिरपेक्ष बिदेशीको स्वार्थमा ल्याइएको भन्दै यसलाई जनमत संग्रहबाट टुङग्याउनु पर्ने माग गरे  । उनले अंगीकृत नागरिकलाई उच्चपदमा पुर्याउने योजना नेपालकै मुलबासी मधेसी र अन्य समूदायको अधिकार खोस्ने षडयन्त्र भएको भन्दै यसका विरुद्ध सबै नेपालीहरु एक हुनु पर्ने बताए ।

न्यौपानेले मुलुकको अखण्डता र सार्वभौमिकता रक्षा गर्न जस्तो सुकै कदम चाल्न पनि आफूहरु तयार रहेको स्पष्ट पारे।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved