भेनेजुएलामा पनि 'नोटबन्दी', ७२ घण्टा भित्र पुरानो नोट साट्न निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2016 | 03:09:46 PM मा प्रकाशित

laxmi  sunrise bank

भेनेजुएलाले आफ्नो देशको सय रुपियाँको पुरानो नोटमा प्रतिबन्ध लगाएको छ। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले ‘ड्रग’ माफियाले लुकाएर राखेको करौडौं रकमलाई बाहिर ल्याउन यस्तो कदम चालिएको बताएका छन्। 

भेनेजुएलामा सबैभन्दा ठूलो नोट नै सयको हो। भेनेजुएलाले ७२ घण्टा भित्र सय कै सिक्का निकाल्ने बताएको छ । ७२ घण्टा भित्र उक्त नोट साट्न सकिने त्यहाको सरकारले जनाएको छ । यसबाट बोर्डरमा रहेका ‘ड्रग’ माफियासंग भएको करौडौं रकम नासाटीने र त्यो बाहिर आउने बिश्वास लिइएको छ । 

 आर्थिक संकटका कारण भेनेजुएलाले अहिले विश्वको सर्वाधिक महंगी झेलीरहेको छ ।  भेनेजुएलाका सयको बोलिभियन नोटको मुल्य अन्तर्राष्ट्रिय बजारमा २ सेन्ट भन्दा कम छ।

यस अघि भारतले पनि आफ्नो देशको ५ सय र हजारको पुरानो नोटमा प्रतिबन्ध लगाएर नयाँ निस्काशन गरेको थियो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved