५०४ शाखा अधिकृतका लागि दरखास्त आह्वान, अनलाइन फारम भर्ने तरिका र विस्तृत विवरण सहित  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 14, 2016 | 12:48:27 PM मा प्रकाशित

laxmi  sunrise bank

लोक सेवा आयोगले  राजपत्रांकित तृतीय श्रेणी, अप्राविधिक (खुला तथा समावेशी) पदहरुको संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत प्रतियोगितात्मक लिखित परीक्षाको लागि न दरखास्त आह्वान आह्वान गरेको छ ।

आयोगले  कुल पाँच सय चार शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको हो । जसमा खुला तर्फ दुई सय ७४ , महिला तर्फ ७३. आदिबासी/जनजाती ६६ , मधेशी ५१, दलित १९, अपाङ्ग १० र पिछडिएक बर्गबाट ११ जनाको लागि दरखास्त आह्वान भएको हो ।

व्यवस्थापिका संसद, कानुन, न्याय, परराष्ट्र, सामान्य प्रशासन, लेखा, राजस्व, लेखापरीक्षण सेवामा दरखास्त आह्वान भएको हो । आउँदो पुष १९ गतेसम्म सामान्य र त्यसपछि पुष २६ गतेसम्म दोब्बर दस्तुरमा दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

अनलाइन तथा आयोगका क्षेत्रीय कार्यालय, अञ्चल कार्यालय तथा जिल्ला हुलाक कार्यालयबाट निवेदन बुझाउन सकिनेछ ।

हेर्नुस विस्तृत विवरण : 

अनलाइन फारम भर्ने तरिका : 

थप जानकारीको लागि आयोगको वेबसाइट http://www.psc.gov.np हेर्न सक्नु हुनेछ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved