दोहोरो अंकले नेप्से बढ्दा कारोबारमा सुधार, ३ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 15, 2016 | 03:35:16 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन बिहिबार बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। दोहोरो अंकले नेप्से बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार रकममा समेत सुधार आएको छ।

बिहिबारको कारोबारमा नेप्से १३.०८ अंकले बढेर १५३०.०६ को उचाईमा पुगेको छ भने ४९ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ। जसमा सबै भन्दा बढी एभरेष्ट बैंकको ८ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ। उत्पादन समूहबाहेक सबै सूचक हरियो हुँदा बिहिबारको कारबारमा नेप्सेको सूचना पाटि हरियो देखिएको छ।

घट्दो ट्रेन्डमा रहेको नेप्से देखेर आत्तिएका लगानीकर्तामा हौसला बढाएको छ। बिहिबार बढी कारोबार हुने अन्य कम्पनीहरुमा माछापुच्छ्रे बैंक, सिद्दार्थ बैंक, बैंक अफ काठमान्डौ, चिलिमे हाइड्रोपावर कम्पनी, एसीयन लाइफ इन्स्योरेन्स रहेका छन।

बिहिबारको कारोबारमा ३ कम्पनीका सेयर मूल्य १० प्रतिशतले बढ्दा सम्मिट माइक्रोफाइनान्स डेभलपमेन्ट, ग्रिन डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्टका लगानीकर्ताले कमाएका छन अन्य कमाउनेमा डिप्रोक्स डेभलपमेन्ट, हिमालयन डिस्ट्रलरी रहेका छन। त्यस्तै गुमाउनेमा अपि पावर, युनाइटेड फाइनान्स, एनएमबि माइक्रोफाइनान्स, मिथिला लघुवित्त रहेका छन।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved