संचारको बिकास खरायो गतिमा हुँदा भौतिक पूर्वाधारको बिकास चै किन कछुवा गतिमा ? 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2016 | 12:09:32 PM मा प्रकाशित

laxmi  sunrise bank

देश बिदेशमा रहेका धेरै सामाजिक संजाल प्रयोगकर्ताहरु नेपालको बिकासको गति तथा अवस्था देखेर चिन्तित छन । एक आपसमा कतिपय राजनीतिक बिषयमा मतभेद प्रकट गर्ने गरेता पनि प्राय युवाहरुले देशको घट्दो स्तरमा रहेको भौतिक पूर्वाधारको बिकासको बारेमा एकमत नै छन् । 

त्यहि बिषयको बहस, छलफल गरेर एउटा साझा धारणा बनाउने क्रममा हामीले 'इश्वरसंग विकासका कुरा' स्तम्भ सुरु गरेका छौ । अर्याल आफै सामाजिक अभियन्ता हुन् । उनी आफुले संचालन गरेको फेसबुक स्तम्भमा हरेक हप्ता नयाँ नयाँ बिकासका मुद्दाहरुमा छलफल गर्छन र गराउछन् । देशको भौतिक पूर्वाधार विकास तथा विकासमा जोडिएका राष्ट्रिय स्वार्थ र राष्ट्रिय सुरक्षा सम्बन्धी बिषयहरु बिषयबिद्वहरुको मात्र छलफल बन्दै आईरहेकोमा सामाजिक संजालबाट जनस्तरमै यस किसिमको शुरुवात हुनु खुसीको कुरा हो । प्रस्तुत स्तम्भ देश बिदेशमा रहेका नेपालीहरुसंग बिकासको बारेमा गरिएको गहन बहस र छलफलपछिको एउटा साझा धारणा हो । 

प्रस्तुत छ 'ईश्वरसंग विकासका कुरा' स्तम्भको पहिलो भाग ।

गतहप्ता हामीले पहिलो मुद्दाको रुपमा - "संचारको विकास र भौतिक पूर्वाधारको विकास" बिचको सम्बन्धको बारेमा छलफल गरेका थियौ । 

२०६२/६३ सालदेखी शुरु भएको राजनीतिक संक्रमणको ब्यबस्थापन आज सम्म हुन सकेको छैन । यो बिचमा केहि नगण्य भौतिक पूर्वाधारको विकास भए पनि सुचना र संचारको विकास भने पर्याप्त भएको छ । के आजको दिनमा सुचना र सन्चारको विकासले  देशलाई स्थिरता दिएर देशको भौतिक पूर्वाधारको विकासमा सहयोग गरिरहेको छ ? छैन भने किन र छ भने कसरी । साथसाथै नेपालको आजको प्रमुख प्राथमिकता के हो ? संचारको विकास या भौतिक विकास ? भनेर सोधेका थियौं । यसमा आएका धेरै धारणाहरु मध्ये केहिलाई यहाँ समेट्ने प्रयास गरेका छौं । 

सरोज कुमार अर्याल- दोहा कतार 

सरोज कुमार

 भौतिक विकास कर्महिनता को चपेटामा छ भने संचारको बिकास अनुशासनहिनता को । त्यसैले यसलाई बिकास नै पनि भनी हाल्न मिल्दैन भन्छु म । कुनै पनि पुरानो चिजलाई भत्काउनु नै बिकास मान्ने सिद्धान्त नै गलत थ्यो, पहिले त्यो सुधार हुन पर्छ, वास्तविक बिकास को परिभाषा कहाँ बताइदैछ र ? सिन्धुलि बर्दिबास को रोड सर्भे हुदा किन त्यत्रो ढिलो भयो भन्दा त्यहाँ का स्थानीय को अवरोध ले, अवरोध को कारण के भन्दा, प्रस्तावित रोड ले आफ्नो खेत वारि छुनै पर्छ ! अब सोचौं हाम्रो दिमाग मा बिकास को कस्तो परिभाषा सेट भको रैछ त । यस्ता प्रतिनिधि घटनाको फेरहिस्त लामो छ । 

अब लागौं संचार को बिकास, यस्को दुर्घटना पनि गलत परिभाषा मै निहित छ । यहाँ प्रजातन्त्र, लोकतन्त्र, मानवधिकार, इत्यादि रटान हरु के का लागि भन्दा , मैले जे पनि बोल्न पाउनु पर्छ , मैले आफ्ना र आफ्नो फाइदा का लागि जे पनि गर्न पाउनु पर्छ । बस ! सक्कियो । अनि त्यही कुरा को वकालत गर्न गराइन खुलेका गोजि का कुण्ठा पस्किने कथित संचार माध्यम जुन संख्यात्मक निकै भए, लाई संचारको बिकास मान्नै सकिँदैन । वा बिकास मान्न सकिँदैन । बिकृती लाई कसरी बिकास मान्नु र ! आजकै दैनिक पत्रीका, अनलाइन पेज, वा कुनै पनि संचार माध्यम हेर्यो भने पनि एउटै बिषयमा पनि पुर अलग अलग सन्देश आइ रहेको हुन्छ । अनि सत्य के हो त ? भन्दा पुरै भ्रम । सोचौं न भ्रमित हुनु भनेको त बिकास पक्कै हैन । 

अब भौतिक बिकास का लागि यो रबैयाको संचार वा सुचना को (बिकास !) ले कति सहयोग पुर्याउछ त्यो त भन्नै पर्दैन, देखि राखिएकै छ । रहयो कुरा प्राथमिकता को , त्यो हो सबै जनता जो बिकास प्रती उत्तरदायी छन तिनले पहिले त यो चलनचल्तीको बिकास को भ्रमित परिभाषा लाई संशोधन गर्नु पर्छ अनि मात्र के को बिकास ले कस्लाई सहयोग गर्छ, वा प्राथमिकता के हो खुट्याउन सकिएला । 

म आशावादी छु , हामी जरो बाटै सुधारवादी हुनेछौं । मुल प्रश्न को उत्तर चाहिं यस्ले देश, समाज लाई कुनै सकारात्मक योगदान गरेकै छैन । र अहिले कै धरातल बाट गर्दैन पनि । 

 

खेमराज दाहाल - साउदी अरेबिया 

खेमराज दाहाल

भौतिक बिकास भन्नाले जनताले प्रत्यक्ष रुप मा त्यस्को सदुपयोग गर्न पाउने सजिलो माध्यम हो । भौतिक विकासले नै समग्र देशका नागरिकहरुलाइ उनीहरुको आधरभुत आबश्यकता हरु को परिपुर्ती गर्न सक्दछ । देशमा सुचना तथा सञ्चार को विकास हुँदा त्यस्ले आफ्नो क्षेत्र लाई मात्र ओगटेको हुन्छ ।भौतिक बिकास भन्नाले देश मा बाटो घाटो पुल कल कारखाना बनिदा देश का नागरिक हरुले धेरै कोण हरु बाट त्यस्को उपयोग र फाइदा लिन सक्छ्न । प्रत्येक क्षेत्र मा बाटो यातायात को पहुच पुग्ने हो भने त्यहा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धेरै रोजगारी को सिर्जना हुन्छ जस्ले मनिस लाई  आत्म निर्भर हुन मा ठुलो भुमिका खेल्न सक्छ । संचारको विकासले जनताले सजिलो संग विश्व संग जोडिन सकेतापनी संचार क्षेत्र ले कहि केही रूपमा बिकृती पनि ल्यायको छ । हाम्रो देश को नै कुरा गर्ने हो भने सुचना तथा सन्चार क्षेत्र ले खुल्लम खुल्ला हुँदा आफ्नो स्वार्था निहित हुने भएकोले जनता मा गलत सूचनाहरु प्रवाह भएका छ्न । तर भौतिक बिकास सन्चारको गतिमा हुने हो भने देश का जनता ले कहिले न सडक मा आउन पर्ने अबस्था हुन्छ । समृद्द देश को परिकल्पना गर्दै गर्दा भौतिक विकास जस्तो बाटो यातयात हरेक क्षेत्र मा पुर्याउन सके त्यहाँ नागरिक खेती किसान देखि लिएर अन्य कुरा मा पनि समृद्द हुन सक्छ्न यातायात को पहुच ले बजार सम्म को पहुँच पुर्याउछ । त्यस्तै शिक्षा , स्वास्थ्य जस्ता बिषय हरु मा प्रमुख गरि ध्यान पुराउने हो भने मात्र जनता संग प्रत्यक्ष सरोकार राख्ने बिषय ले मात्र लोकतन्त्रको अभ्यास गरेको र समृद्द नेपाल कल्ल्पना गर्दै गरेको सपना पूरा होला नत्र असम्भब छ ।

 

सुजन अर्याल - काठमाडौं 

सुजन अर्याल

बास्तबमा सूचना तथा सन्चार आधुनिक बिस्व को एक अभिम्न अङ्ग हो त्यससँगै यो बिकास पनि  भौतिक बिकास भित्रकै एक अङ्ग हो जस्को बिना भौतिक बिकास असम्भव प्राय बनेको छ आज को दिन मा।

छोट्करी मा भन्नुपर्दा सूचना भन्नाले कुनै पनि कुराको जानकारी बाड्नु नै सूचना हो र सूचना  प्रबाह गर्नु नै सन्चार हो  । भैतिक बिकासकै एक अभिन्न अङ्ग नै भएपछि सहयोग नगर्ने भन्ने त कुरै भएन सन्चार माध्यम को सहयोग बाट भौतिक रुप्मा हुन लागेका काम हरुको जानकारी बाड्न सकिने ,नयाँ प्रबिधी तथा दक्ष जनशक्ति उत्पादन गर्न सहज हुने हुनाले भौतिक बिकास मा सूचना तथा संचार ले भौतिक बिकास मा सहयोग गर्छ। अवश्य पनि संचारको विकासले स्थीरता ल्याउन सहयोग गर्छ, तर सूचना तथा सन्चारको गलत प्रबाह भने रोक्न सक्नु पर्छ त्यस्को लागी जिम्मेवार निकायहरुमा इमान्दारिता हुनु जरुरी छ। आजको दिनमा र नेपाल को हक मा संचारको विकास मनग्ये छ त्यसकारण भौतिक बिकास प्राथमिकतामा पर्नु पर्छ,भौतिक बिकास बढाउदै जाने हो भने संचार तथा सूचना प्रबिधिको बिकास समय अनुसार हुदै जानेछ।

 

बिनोद धिमाल - सिन्धुपाल्चोक

 बिनोद धिमाल

संचार भनेकाे सुचना प्रवाह गर्नु जसकाे माध्यम बिबिध हुनसक्छ पछिल्लो समयमा प्रभावकारि माध्यम ईन्टरनेटले अामुल परिवर्तन गर्नमा सहयोग गरिरहेको छ ।  संचारमा नेपाल धेरै अगाडि छ अाज कुनैपनि घटनाक्रम पुर्व मेचिदेखि पश्चिम महाकाली सम्म या बिश्वब्यापी तुरुन्त थाहा पाउन सकिन्छ कारण सयाै सामुदायिक रेडियाे अनलाइन मिडिया सामाजिक संजाल तथा अन्य छन् । तरपनि विकास परिवर्तन साेचेअनुरुप भयकै छैन अवस्था उस्तै नै छ अव सचारकाे बिकाससँगै भाैतिक बिकासकाे समय अायकाे छ र हामि युवाले नै गर्नुपर्छ युवाहरु सिर्जनात्मक हुनुपर्छ देशमै बस्नुपर्छ अाफै बाताबरण बनाउनुपर्छ राजनिती गर्नेहरुर राज्यलाई दबाब दिन सक्नुपर्छ कति टुलुटुलु हेरेर बस्ने? संचारमा माथि अाएका केहि नकारात्मक पक्षहरुकाे नि कुरा अाएछ । हाे अनलाइन मिडियाले भ्रम छर्ने तथा गलत सुचना सम्प्रेषण गरेका छन यसलाई राेक्न अाएकाे  अनलाइन निर्देशिकाको कार्यान्वयन जरुरी छ । 

 

जनार्दन पन्त - काठमाडौं 

जनार्दन पन्त

पूँजी-निर्माणबाट उत्पादनको चक्रिय प्रणालीमा ( round about methods of production ) मा बृध्दि हुन्छ । उपक्रमको उत्पादकत्वमा वृध्दि हुन्छ । पूँजीको गहिराई/ गहनता र बिस्तारमा प्रेरणा मिल्छ । यसरी आर्थिक बिकासको गति तेज हुन्छ । बिकास भनेको कसैले केही  बनाईदिनु मात्रै होईन , अनेक आर्थिक कृयाकलापद्वारा अर्थ-व्यवस्थाका पुनरूत्पादक अंगहरूको निर्माण गर्नु हो । जसलाई पूँजी-निर्माण भन्न सकिन्छ । पूँजी-निर्माणबाट मात्रै गरीव देशले आर्थिक दुश्चक्र  (vicious circles ) बाट पार पाउन सक्छ । पूँजी-निर्माणले अर्थ-व्यवस्थामा दोहोरो काम गर्छ एकातिर प्रभावशाली माग ( effective demand ) बढाउछ र अर्कोतिर संभाब्य उत्पादन क्षमता बढाउछ । हेरौ पूँजी-निर्माण कसरी हुन्छ - Productive efforts result in wealth, Wealth is either consumed  or saved. Saved wealth is employed as capital.

Capital assists further productive efforts .

यसरी निर्माण हुने पूँजीलाई हाम्रा बिदेसिएका दाजुभाईको पसिना सगालेर देशको छिटो बिकास गर्न सकिन्छ । अव विकासमा संचार - संचार जसले विकासका प्रविधी र सिध्दान्तलाई हाम्रा कान र आखासम्म पुऱ्याउने काम मात्रै गरेको छैन  तिनको उपयोगमा समेत महत्वपूर्ण भूमिका खेलेको छ । सूचनाको मात्रै नभएर बिकासको पनि संचैरभएको छ यस युगमा , संचारले बिकास प्रबाहित गर्ने माध्यमको भूमिका रनि खेलेको छ । बिकासको मूख्य आधार पूँजी-निर्माणमा देशको धन/मुद्राको प्रबाह ( circulation )को गति पनि एउटा प्रभाबकारी कुरा हो । हिजो र अविकसित ठाउ / संचारको विकास नभएको ठाउमा साख सृजनाको पुरानो परंपरा छ जसले पूँजी-निर्माणलाई सूस्त गति दिन्छ । बिकसित समाज जहा बिभिन्न उधार-पत्र ( credit card ),  ई बैंकिङ , पैसा हस्तांतरण एजेन्सी आदि सवैमा अत्याधुनिक सूचना प्रबिधि प्रयोग गरिन्छ मुद्राको प्रबाह वेगलाई बुलेट बेगमा बदलिदिन्छन । यसले पूँजी-निर्माणलाई उस्तै टेवा पुग्छ र बिकासले गति लिन्छ । हेरौ , हाम्रै नजिक चिन छ त्यहाको कुरै नगरौ , भारतको गोवा राज्यमा पनि नगद विना(cash-less) अर्थव्यवस्थाको प्रयोगको घोसणा गरिएको छ । यसले भ्रष्टाचार देखि थुप्रै अर्थतंत्रका बेथिति समाप्त गर्ने छ , अविकसित समाजमा यसको प्रयोग दुस्कर हुने संभावना छ तै पनि हाम्रो भविस्य त्यही दिशातिर लम्केको कटुशत्य नै हो । यी दुई बिकास र संचार बीचको निर्भरता र अन्तरनिर्भरता अकथनीय छ , हामी मात्रै यसको महत्व वुझ्नमा पछाडि पारिएका हौ ।

 

घनेन्द्र माबो - द. कोरिया 

घनेन्द्र माबो

०६२/०६३ भन्दा पनि ०४७ सालको प्रजातन्त्र  प्राप्ति पछि सर्बसाधारण जनातालाई हरेक कुराको सुचना प्रवाह गर्ने अधिकार दियो जसलाई बिचमा जनयुद्धले सामान्य उथलपुथल ल्याए पनि पुनः ०६२/०६३ देखि अझ बिकसित रुप लियो। सूचना तथा संचार राज्यको प्रत्येक नागरिक सुचित हुनु अत्यन्त आवश्यक,महत्त्वपूर्ण र अधिकार पनि हो तर आज नेपालको परिप्रेक्षमा यसले बिकृतिको रुप लिँदै छ समयमै निश्चित नियम कानुनको दायरामा ल्याउन नसकेको खण्डमा नेपालमा सुचना तथा संचारले बिकास भन्दा बिनास बढी गर्ने स्थिति देखिन्छ । 

 

 

ईश्वर अर्याल - युएई 

 ईश्वर अर्याल

समग्रमा विकास भनेको सकारात्मक परिवर्तन हो । जुनसुकै सकारात्मक परिवर्तनको लागी पनि पूर्वाधार चाहिन्छ । 

 

नेपाल अझै सम्म पनि अल्पबिकशित देशकै सुचीमा रहनु बिडम्बनाको रुपमा रहेको छ । यहां मेरो धारणा चाहिँ संचारको विकासलाई प्रेस स्वतन्त्रताको नाम दिइएर अघि बढाइएको छ र यसमा नीजिकरण हावी भएको छ । भौतिक पूर्वाधारहरुलाई चाहिँ अनेकन सरकारी नीतिहरुबाट लगाम लगाइन्छ, त्यही भएर दुइवटैको विकासमा अहिले धेरै अन्तर देखिएको छ । 

 

बिकसित देशहरुमा संचारलाई सरकारी नीतिनियम भित्र राखिन्छ र पूर्वाधारको विकासलाई खुला छोडिन्छ । यसो गर्दा समाजमा हल्ला भन्दा धेरै विकास निर्माण हुने गर्दछ । जुनसुकै सरकार होस, जनताको बिश्वासको स्तर जित्न नसक्ने भएकाले गरिएका केहि विकास निर्माणहरु पनि संकास्पद घेरामा परेका हुन्छन । संचार बढी एक्टिभ हुनु र विकास निर्माणका संयन्त्रहरु कम एक्टिभ हुनु भनेको यसले विकासमा भएका गतिहरुलाई पनि reciprocal अनुपातमा लगिदिन्छ । 

 

संचारमा आम मानिसको पहुँच हुनु र विकासमा आम मानिसको पहुँच नहुनु समाजमा सामन्तबादी बर्गीय संरचना कायम रहनुको अर्को उदाहरण हो । जहाँ हात मार्न पाइन्छ त्यहाँ अझै पनि पहिल्यै देखिको उच्च  बर्गको हालिमुहाली हुन्छ र जहाँ लुट्न, चोर्न र भ्रष्टाचार गर्न पाइँदैन, त्यहाँ सामान्य जनताको पनि पहुँच भएको देखिन्छ । यसको समाधान पुँजीको बिकेन्द्रीकरणबाट पनि हल गर्न सकिन्थ्यो तर अहिले बिभिन्न सहकारीहरुले या विकास बैंकहरुले बिकेन्द्रीकरणलाई पनि सामन्तीप्रथामै रुपान्तरण गरेका छन । 

 

संचारको विकास र भौतिक पूर्वाधारहरुको विकास एक आपसमा निश्चित अनुपातमा मात्र सम्बन्धित छन् । जब यिनिहरुको अनुपातमा फरक आउँछ, एउटा अर्काको प्रत्युत्पादक बन्छन ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved