सत्तारुढ दल र मधेसी मोर्चाबीचको बैठक सम्पन्न

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2016 | 07:59:06 PM मा प्रकाशित

laxmi  sunrise bank

मधेसी मोर्चाले अघि बढिसकेको संबिधान संसोधन प्रस्ताब थाती नराख्न सरकारसमक्ष आग्रह गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बालुवाटारमा बसेको सत्तारुढ दल र र मधेसीमोर्चाबीचको बैठकमा मोर्चाले यस्तो आग्रह गरेको हो। 

बालुवाटारमा शनिबार सांझ भएको बैठकमा संविधान संशोधन, निर्वाचन, एमालेले गरेको संसद अवरोध लगायतका विषयमा छलफल भएको थियो संसोधन प्रस्ताबमा एमालेलाई सहमतिमा ल्याउने प्रयास गरिने भएको छ। 

सत्तारुढ दल र र मधेसीमोर्चाबीच सोमबार बस्ने संसदको बैठकमा संसोधन प्रस्ताब लगिने भएको छ। बैठकमा संसदमा निरन्तर अवरोध गर्नु जिम्मेवार प्रतिपक्षको काम नभएको ठहर गर्दै अवरोध हटाउन पहल गर्ने सहमति गहटाएर प्रमुख प्रतिपक्षी पहल गर्ने सहमति भएको छ । 

त्यसैगरी स्थानीय तह पुर्नसंरचना र संसदमा दर्ता भएको संशोधन प्रूस्तावको परिमार्जनका विषयमा थप छलफल गरी सहमति जुटाउने समझदारी बनेको छ ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु तथा मधेशी मोर्चाका तर्फवाट शीर्ष नेताहरुको सहभागिता रहेको थियो।    
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved