सिर्जना फाइनान्सको ५० प्रतिशत बोनस पारित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2016 | 01:36:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सिर्जना फाइनान्स लिमिटेडको ५० प्रतिशत बोनस सेयर र २ दशमलव ६६ प्रतिशत नगद लाभांश  प्रस्ताव  पारित भएको छ  । फाइनान्सको शनिबार बसेको सोह्रौँ वार्षिक साधारणसभाले २०७३ को वार्षिक प्रतिवेदन र बोनस प्रस्ताव सर्वसम्मत पारित गरेको छ । 

 सभाले रु दुई अर्ब १७ करोड निक्षेप, रु एक अर्ब ९१ करोड कर्जा लगानीसमेत पारित गरेको हो ।

यो प्रस्ताव पारित भएपछि सिर्जना फाइनान्सको पुँजी रु ३० करोड २४ लाख पुगेको छ । चालु वर्षमा सिर्जनाले रु २४ करोड सञ्चालन मुनाफा गर्ने लक्ष्य लिएको छ । सो मुनाफाबाट बोनस सेयर वितरण गरी चुक्ता पुँजी रु ४० करोड पूरा गर्ने भएको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved