६२ करोड मध्ये एभरेस्ट बैंककै कारोबार १५ करोड, यसकारण एभरेस्टमा आकर्षण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2016 | 03:35:28 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ। नेप्सेमा उलेख्य सुधार नभए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ ।

आइतबारकोकारोबारमा नेप्से १.२३  अंकले बढेर १५३१.३५  को उचाईमा पुगेको छ भने ६२  करोड २०  लाख रुपैयाँको कारोबार भएको छ। बैंकिंग, हाइड्रो, इन्स्योरेन्स, विकास बैंकका सूचक घटेका छन् ।  

आइतबारको कारोबारमा सबै भन्दा बढी एभरेष्ट बैंकको १५  करोड ३४  लाख रुपैयाँको कारोबार भएको छ। एभरेष्ट बैंकको बुक क्लोज मिति नजिकिदै गर्दा एभरेस्टमा लगानीकर्ता आकर्षण बढेको हो । एभरेस्टले पुस २३ गते   साधारणसभाका बोलाएको छ र त्यसका लागि पुस ६ गते सेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । पुस ५ गतेसम्म शेयर किन्नेले एभरेस्टले प्रस्ताव गरेको ७० प्रतिशत बोनस पाउने हुनाले एभरेस्टको कारोबार उच्च भएको हो ।

अन्य बढी कारोबार हुने कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स, बैंक अफ काठमाडौँ लुम्बिनी, सिद्दार्थ बैंक , शिखर इन्स्योरेन्स रहेका छन्  । 

आइतबारको कारोबारमा बढी कमाउनेमा अप्लाइन डेभलपमेन्ट बैंक, एनबी इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था, नागबेली लघु बित्ता विकास बैंक रहेका छन् । आज अप्लाइन डेभलपमेन्ट बैंक र  एनबी इन्स्योरेन्स कम्पनीका सेयर मूल्य १० प्रतिशतले बढेको छ।

त्यस्तै आइतबारको कारोबारमा गुमाउनेमा प्रोग्रेशिभ फाइनान्स , वोमी माइक्रोफाइनान्स, १स्त माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक रहेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved