बैद्यखाना जनकपुर चुरोट हुदै होईन, प्रताप मल्लको बैद्यखानालाई बिश्व बजारमा पुर्याउछौ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2016 | 11:35:02 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमवत खण्डलाई योग र आयुर्वेदको खानी नै मानिन्छ । आयुर्वेद जसले प्राचिन र प्रकृतिमैत्री चिकित्सा बिषयको सुरुवात पनि यहि खण्डको नेपालबाट भएको हो । पछिल्लो समय आयुर्वेद चिकित्साले बिश्व मै महत्वपूर्ण स्थान खोजि रहेको छ ।

नेपालमा पनि संस्थागत रुपमा ३ सय ७५ बर्ष देखि आयुर्वेद औसधि उत्पादन सुरु गरेको  पाइन्छ । यहाँ अचुक सम्भावना भएरै होला भारतीय योग गुरु रामदेवले समेत पतंजली नेपाल आयुर्वेद उद्योग खोलिसकेका छन् ।

प्रतिस्पर्धी कम्पनीको आगमन संगै नेपालको आयुर्वेदको अवस्था के होला ? बिदेशी कम्पनीको नेपाल आगामनले यहाका रैथाने उद्योग पलायन भएको तितो यथार्थ छ । यस्तो अवस्थामा सरकारी आयुर्वेद औसधि उत्पादन कम्पनी सिंहदरबार बैद्यखानाकै सेरोफेरोमा रहेर बैद्यखानाका प्रबन्ध निर्देशक डा राजेन्द्र कुमार गिरीसंग बिजपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।

नेपालमा आयुर्वेदको अवस्था कस्तो छ ?

नेपाल आयुर्वेद चिकित्साको उद्गम स्थल हो । यहाको हावापानीमा रहेका विभिन्न जडिबुटी मानव जीवनका चुक औषधि हुन् ।यसकारण आयुर्वेदसंग मानवको नाता अनादी काल देखि रहदै आएको छ ।

नेपालमा पनि हजारौ बर्ष देखि आयुर्वेदको प्रयोग हुदै आएको देखिन्छ । तर सरकारले आफ्नो स्वामित्वमा आयुर्वेद औषधि उत्पादन गर्न थालेको ३ सय ७५  बर्ष मात्रै भएको छ । राजा प्रताप मल्लको पालादेखि हालको सिंहदरबार बैद्यखाना विभिन्न नाममा संचालित हुदै आएको छ ।

सिंहदरबार बैद्यखाना कस्तो संस्था हो ?

इतिहास देखि ०७ सालसम्म राणा, राजा , महाराजा र अन्य भारदारहरुलाई  सेवा पुर्याउदिदै आएको यस संस्थामा त्यस पछि भने प्रजातन्त्र आयो । प्रजातन्त्र संगै सिंहदरबार बैद्यखानाले आम सर्बसाधारणलाई आयुर्वेदजन्य औषधि सेवा पुर्याउदै आएको छ ।

सामान्यत यो संस्था सरकारी स्वमित्वमा रहेको आत्मनिर्भर संस्था हो । यसको प्रकृति उत्पादनजन्य छ । तर यो न उद्योगमा दर्ता छ, न त कुनै निजि कम्पनी जस्तो प्रतियोगी कम्पनी नै हो ।

कसरी चलेको छ त ?

बैद्यखाना सरकारी कम्पनी भएपनि आत्मनिर्भर छ । यहाका उत्पादन गुणस्तरीय छन् ।यसकारण हामीले मागलाई समेत धान्न सकिरहेका छैनौ । त्यसैले हामीले ५ बर्षे रणनीति अख्तियार गरेर राज्य संग १५ करोड रुपियाँ माग गरेका छौ । हाल ‘म्यानुअल्ली’ उत्पादन गरेपनि केहि बर्षमा पूर्ण डिजिटल बन्ने उदेश्यका साथ काम गरिरहेका छौ ।

आयुर्वेद औषधिमा बैद्यखानाको एकाधिकार तोडिने सम्भावना बनिरहेको समयमा कसरि प्रतिस्पर्धी बन्न सकिएला ?

हामी कसैसंग प्रतिस्पर्धा गर्ने कुनै निजि कम्पनी हुदै होइनौ । यसकारण हाम्रो कसैसँग प्रतिस्पर्धा रहदैन । हाम्रो प्रातिस्पर्धा हाम्रै गुणस्तरसंग मात्र हो । हामीले गुणस्तरीय औषधि उत्पादन गरिरहेका छौ । बरु ढिलो होस्, थोरै होस् तर हामी कहिल्यै गुणस्तरसंग सम्झौता गर्न पक्ष्यमा छैनौ ।यसैले हामीलाई धेरै उपभोक्ताले मनपराई दिनु भएको छ ।

तर अब बजारमा बहु राष्ट्रिय कम्पनी पनि आईसकेको छ नि ?

हाम्रो कसैसंग प्रतिस्पर्धा हुदै हुदैन । उत्तर दक्षिण जताबाट पनि आयुर्वेद कम्पनी नेपाल आउँण सक्छन । तर हामी हाम्रो सेवा प्रवाहमा दत्तचित्त छौ । हाम्रो गुणस्तरमा दत्त चित्त छौ । यस कारण जति कम्पनी आए पनि हामीलाई खासै फरक पर्दैन । बरु फाइदा नै हुन्छ ।

अरु कम्पनी आउँदा कसरी फाइदा हुन्छ ?

अन्य कम्पनीले आफ्नो नाफाका लागि आयुर्वेदको बजार प्रबर्धन गर्छन । गुणस्तरका कारण  उनीहरुले निर्माण गरेको बजारमा हाम्रो उपस्थिति अरुको भन्दा प्रभावकारी हुन्छ । यस कारण हामीलाई कुनै डर छैन ।

बजार त् नेपाल मात्र होइन नि त्?

हो बजार नेपाल मात्र होइन, यसकारण हामी बिश्व बजारमा पुग्न बिश्व बजारमा प्रतिस्पर्धी बस्तु उत्पादनमा लागेका छौ । कार्य योजना बनिसकेको छ ।पूर्वाधार बन्दै छ । अबको केहि बर्षमा बैद्यखानाले उत्पादन गरेको औषधि अमेरिकाको ‘फुड एण्ड ड्रग’ डिपार्टमेन्टले मान्यता दिने तहमा पुर्याउदै छौ ।

इतिहासलाई फर्केर हेर्दा नेपाल छिरेका बहुराष्ट्रिय कम्पनीले नेपाली कम्पनी स्वात्तै निलेको देखिन्छ । यस्तो अवस्थामा बैद्यखाना कसरी अपवाद बन्ला ?

हो बिगतमा जनकपुर चुरोट कारखानाको यस्तो हविगत भएको हामीले देखेका छौ । तर यहाँलाई के अवगत गराउन चाहन्छु भने हामी जनकपुर्  चुरोट होइनौ र बैद्यखानालाई त्यो बन्न पनि दिदैनौ । यसकारण हामी जिएमपीमा जादै छौ ।गुणस्तर हाम्रो पहिचान हो र आयुर्वेदलाई बिश्व बजारमा पुर्याएरै छाड्छौ ।

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved