कुलमानको लोडसेडिङ हटाउने अभियानमा असहयोग गर्ने विद्युत प्राधिकरणका ३ संचालक बर्खास्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2016 | 12:45:29 PM मा प्रकाशित

laxmi  sunrise bank

उर्जा मन्त्रालयले लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने विद्युत प्राधिकरणका तीन जना सञ्चालकहरुलाई बर्खास्त गरेको छ । मन्त्रालयले सञ्चालकहरु मनोज कुमार मिश्र, लक्ष्मण प्रसाद अग्रवाल र सुरज लामिछानेलाई कारबाही गर्दै पदबाट बर्खास्त गरेको हो ।

उनीहरु माथि नेपाल विद्युत प्राधिकरणको सुधार अभियानमा असहयोग गरेको, अनाधिकृत रुपमा बैठक बसेको, प्राधिकरणका निर्देशक कुलमान घिसिंग बिरुद्द अनाबश्यक प्रचारबाजी गर्दै सर्बसाधारणमा भ्रम पैदा गरेको आरोप लागेको थियो । 

त्यसबारे सरकारले उनीहरुसंग स्पष्टीकरण माग गरेको थियो । उनीहरुले दिएको जवाफ  चित्त बुझ्दो नभएपछि मन्त्रालयले उनीहरुलाई बर्खास्त गारेको हो ।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved